
बिग न्यूज पोखरा, ८ असोज / विभिन्न ईभेन्ट मार्फत पश्चिमाञ्चल क्षेत्रकै नम्बर वान बनेको बिग एफएमले महान चाड बडादशैंको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको रेडियो गेम शो ‘महा आजिजा’ मा सहभागीहरुले नगद जित्ने क्रम जारी छ ।
असोज ५ गते घटस्थापनाको दिन देखि नै कार्यक्रम सुरु भईसकेको छ । तीन दिनसम्म दर्जनौंले रकम जितिसकेका छन् । गेम शोमा सहभागी भएर कुनै पनि रकम जित्न नसक्ने स्रोताले समेत एक सय बराबरको रिचार्ज कार्ड पाउनेछन् ।
पैसाको खेल रेडियोमा भन्ने थिमका साथ खेलाईने रेडियो गेम शो एक हप्तासम्म अर्थात् सप्तमी सम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई पोखरा सस्तो बजारले मुख्य प्रायोजन गरेको छ ।
रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । सहभागीहरुले ५ सय देखि २० हजार सम्म जित्न सक्नेछन् । विभिन्न चरण गरेर खेलाईने प्रतियोगितामा सहभागी हुनका लागी स्रोताहरुले एसएमएस मार्फत दर्ता हुनु पर्नेछ ।
गेम शोमा सहभागिताको लागी स्रोताहरुले Big स्पेश FM टाईप गरी आफ्नो नाम र ठेगाना लेखी ३४३२१ मा पठाउनु पर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ ।
खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा पैसा जित्दै जानेछन् । सहभागी स्रोताहरुलाई एफएमले १० वटा प्रश्न सोध्नेछ । र, प्रश्नको सहि उत्तर दिए अनुरुप सहभागीको पैसा बढ्दै जानेछ ।
सप्तमी सम्म चल्ने रेडियो गेम शो ‘महा–आजिजा’ हरेक साँझ ७ बजे देखि साढे ९ बजेसम्म स्रोताहरुले सुन्न र खेल्न सक्नेछन् । पोखरा सस्तो बजारमा धमाधम स्टल बुकिङ भईरहेको छ । ६ करोड लागतमा अत्याधुनिक भौतिक पूर्वाधार तयार गरी नयाँ व्यवस्थापनले बजार सञ्चालन गर्न लागेको हो । संचालक युवराज खतिवडाले दशैं अघिदेखि नै केहि मात्रामा खुल्ने बजार दुई महिनाभित्र सञ्चालमा आईसक्नेछ । ब्

