
रञ्जन अधिकारी पोखरा, ५ कार्तिक / पोखरामा तिहारमा तास खेलिरहेका अवस्थामा २१ जना प्रहरी फन्दामा परेका छन् । तीन खालबाट प्रहरीले झण्डै १८ लाख रुपैंया बरामद गरेको कास्की प्रहरीले सार्वजनिक गरेको छ ।
कास्की प्रहरीले पोखराका विभिन्न ठाउँमा जुवा तास खेल्दै गरेका चार महिला सहित २१ जनालाई पक्राउ गरी १७ लाख ८६ हजार सात सय ५५ बरामद गरेको जानकारी दिएको हो ।
प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ दिप स्थित रवि मल्लको घर भाडामा लिई बस्ने सानु शाहीको डेराबाट २ लाख १ हजार ७ सय ३५ नगद सहित ४ जनालाई पक्राउ गरेको छ । घटना कार्तिक १ गते साँझ ६ बजेको हो ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ बस्ने कमल थापा, पोखरा वडा नं १५ बस्ने राजु शाही, वडा नंम्बर ८ बस्ने उत्तम शिल्पकार र शुक्ल थकाली रहेका छन् ।
त्यसैगरी प्रहरीले कात्र्तिक २ गते पोखरा २२ पुम्दिभुम्दिस्थित पोखरा भ्यू प्वाईण्ट नजिक सुर्य बरालको घरमा नगद १५ लाख ४७ हजार सहित १० जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्ला स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं २ बस्ने राजेन्द्र बिक्रम पौडेल, नारायण प्रसाद पौडेल, पोखरा १७ का सुर्य प्रसाद बराल, पोखरा २१ का प्रकाश सुबेदी, पोखरा २२ का राजेन्द्र बहादुर थापा, पोखरा १७ का होम बहादुर राना, अर्जुन पोख्रेल, पोखरा २२ का गुरुदत्त बराल, पोखरा २ भैरबटोलका टिकाराम सुनार र पोखरा ८ का ईन्द्र बहादुर कुँवर रहेको उनले बताए ।
त्यसैगरी, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ नदिपुर स्थित मनमाया गर्बुजाको घरबाट ३८ हजार २० नगद सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला म्याग्दी दरबाङ गाबिस बडा नं ३ का गम रोक्का, पोखरा २ कि भविषा पुन, पोखरा कि ३ मनमाया गर्बुजा, संगिता श्रेष्ठ, खिम माया पुन, पोखरा ९ का तुलबिर पुन, पोखरा ३० का भविलाल पुन रहेका छन् । उनीहरु सबैलाई कास्की जिल्ला अदालतबा जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
जुवा तास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको कास्की प्रहरीले तिहारको मौका छोपि विभिन्न स्थानमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्रेको हो । यसअघि ठूला नेताको दबाबमा जुवामा संलग्नहरुलाई अब छाडिएको भन्ने कुरा बाहिर आएको बारे प्रश्न गर्दा डिएसपी खत्रीले प्रहरीकहाँ कसैको दबाब पनि नआएको र दबाबले कोहि पनि नउम्किने बताए ।

