एनआरएनका नवनिर्वाचित पदाधिकारीलाई ब्रिटिश कलेजको सम्मान

359
0
Share:

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का नवनिर्वाचित पदाधिकारीलाई काठमाडौंस्थित दि ब्रिटिश कलेजले सम्मान गरेको छ ।

कलेजका निर्देशकद्वय महेन्द्र कँडेल र नरेन्द्र कँडेलले समारोहका बीच एनआरएनका नवनिर्वाचित अध्यक्ष भवन भट्ट नेतृत्वको टोलीलाई सम्मान गरेको हो । अध्यक्ष भट्टसँगै उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, कोषाध्यक्ष हिक्मत थापालगायतलाई सम्मान गरे ।

यसैबीच, एनआरएन यूकेको नयाँ कार्यसमितिका पदाधिकारी तथा बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, जनसम्पर्क समिति यूकेका महामन्त्री केशव भण्डारी, पशुपतिनाथ मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी, एकाउण्टेण्ट एलएन पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: