गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको पोखरा शाखामा गुप्ती गुरुङको नेतृत्व

429
0
Share:

पोखरा, १७ कात्तिक । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले क्षेत्रीय शाखा विस्तार गरेको छ । शुक्रबार पोखरामा १४ सदस्यीय कार्यसमिति गठन गर्दै केन्द्रीय समितिले समाजको क्षेत्रीय शाखा विस्तार गरेको हो ।

समाजले पोखरामा भएको सम्मेलनमार्फत लामा गुप्ती गुरुङको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमिति सर्वसम्मत गठन भएको समाजले जनाएको छ । समाजको क्षेत्रीय शाखाको उपाध्यक्षमा लामा जन्त गुरुङ, लामा कर्म गुरुङ र प्रेमकाजी गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्रीय सचिवमा लामा पार्सिंङ गुरुङ, सहसचिवमा लामा सन्तोष गुरुङ, कोषाध्यक्षमा लामा हितमान गुरुङ र सहकोषाध्यक्षमा लामा हिता गुरुङ चयन भएका छन् । त्यस्तै शाखाको व्यवस्थापन संयोजकको जिम्मा लामा देनेश गुरुङलाई सुम्पिएको छ भने प्रचार सचिवको रुपमा लामा खुशीमान गुरुङ चयन भएका छन् । समाजको क्षेत्रीय कार्यसमितिको सदस्य पदमा लामा अमृत गुरुङ, निर्मल गुरुङ र दुर्गा गुरुङ चयन भएका छन् ।

बुद्ध दर्शनको प्रचार, बुद्ध लामाहरुलाई सहि ठाऊँमा स्थापित गराउने, बुद्ध धर्मको नियमअनुसार लामा धर्मगुरुहरुलाई एकतामा ल्याउने लक्ष्य क्षेत्रीय कार्यसमितिले लिएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: