
२३, कार्तिक । लमजुङ्ग ।
असान्न प्रदेश र प्रतिनिधिसभाको र्निबाचन अन्र्तगतको मंसिर १० गते हुने पहिलो चरणको र्निर्बाचनमा लमजुङ्गमा चुनाी सरगर्मि बढेको छ । गठबन्धनका उमेदवार माओबादी केन्द्रका स्थाई समिति सदस्य तथा पुर्बमन्त्री देब गुरुङ्ग र काग्रेसका तर्फबाट उमेदवार दिल बहादुर घर्ति बिच प्रतिष्पर्धा रहेको लमजुङ्गमा बामगठबन्धन र्निबाचनमा आक्रामक देखिएका छन ।
चुनावी घरदैलोमा रहेका गठबन्धन उमेदवार देब गुरुङ्गले अभियानका क्रममा करिव दुईसय जना बिभिन्न पार्टीका प्रभावशालि नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनमा प्रबेश गराएका छन । नयाँशक्ति पार्टीका जिल्ला सह– संयोजक सहति सयौ जना एकै साथ प्रबेश गरेको केही दिनमा बिहिबार नेपाली काग्रेसका पराना नेता कुल बहादुर थापा बाम गठबन्धनमा प्रबेश गरेका छन । उनि संगै एक दर्जन काग्रेस कार्याकर्ता गठबन्धनमा प्रबेश गरेका हुन । भर्खरै गठबन्धन प्रबेश गरेका नेता थापा काग्रेस उमेदवार अर्थात देब गुरुङ्गका प्रतिष्पर्धी दिल बहादुर घर्तिका गाऊले हुन । घर्तिको र उनको एउटै वडा पर्दछ । उनीहरु मध्ये नेपाल नगरपालिका वडा नं १ जितामा भएको एक कार्यक्रममा काग्रेस परित्यग गरि गठबन्धनमा प्रबेश गरेका हुन ।
नव प्रबेशीलाई स्वागत गर्दे माओबादी नेता गुरुङ्गले अब संबृद्धि र बिकासका लागि सबै देश उजूक्क उठ्नु पर्ने बताए । लमजुङ्ग प्राकृतिक सुन्दरताले भरिएको जिल्ला भएपनि बिकासका लागि उपयुक्त नेता नभएकाले अहिलेको र्निबाचनमा एकमत भएर गठबन्धनलाई बिजयी गराई संबृद्धिको ढोका खोल्न उनले आग्रह गरे । अहिले लमजुङ्गले केन्द्र देखि प्रदेशमा समेत नेतृत्व गर्ने अबसर पाएको उनको भनाई थियो ।
प्रदेश सभा सदस्यका लागि लमजुङ्ग बाट नेकपा एमालेका केन्द्रीय सदस्य पृथ्वीसुब्वा गुरुङ्ग चुनावी मैदानमा छन । केन्द्रीय स्तरको नेता भएकाले पनि बामगठबन्धनबाट उनि मुख्यमन्त्री बन्ने संभावना रहेको बिष्लेषण गरिएको छ । त्यसैले ४ नम्वर प्रदेशको मुख्य मन्त्री र केन्द्रीय सरकारको मन्त्री पनि लमजुुङ्गले एकैसाथ पाउनसक्ने भन्दै मतदाताहरु उत्साहीत भएको नेकपा माओबादी केन्द्र लमजुङ्गका जिल्ला ईन्चार्ज पारसमणि पौडेलल बताए ।
