
बिग न्यूज
पोखरा, २८ कात्तिक । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ ‘क’मा उम्मेदवारी दिएका गुरुप्रसाद बरालले छोरेपाटन क्षेत्रमा मंगलबार घरदैलो गर्दै त्यहाँका सम्पूर्ण आवश्यकता पुरा गर्न आफु तत्पर रहेको बताएका छन् ।
छोरेपाटनसँगै सिंगो प्रदेशको लागि आफु चिन्तित रहेको उनले सुनाए । घरदैलोमा पुगेर उनले जनताहरुको गुनासो सुन्नुका साथै ती गुनासोलाई आफुले मनमा लिएर काम गर्ने वचनबद्धता व्यक्त गरे । ‘जनतामा गुनासोहरु छन् । यी गुनासोहरु त्यसै आएका होईनन् । केहि गरोस् भन्ने मनोकामनासहित आएका हुन् । र, ती सबै गुनासाहरुलाई मैले पुरा गर्नकै लागि उम्मेदवारी दिएको हुँ ।’ बरालले भने ।
उनले छोरेपाटन क्षेत्रमा खानेपानीको समस्या समाधान, सडकको स्तरोन्नती, व्यवस्थित पार्क बनाउने गुरुयोजना सुनाए । उनले आफ्नो पक्षमा भोट हालि यी सबै काम गर्नका लागि ‘बाटो प्रशस्त गरिदिन’ त्यहाँका मतदातासमक्ष आग्रह समेत गरेका थिए ।
