माछापुच्छ्रे पुगेर ‘नोस्टाल्जिक’ भए शुक्रराज

368
0
Share:

बिग न्यूज
पोखरा, २९ कात्तिक । कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका शुक्रराज शर्मा चुनावी प्रचारप्रसारको क्रममा घरदैलो कार्यक्रम अन्तरगत माछापुच्छ«े गाउँपालिका पुगेका छन् । चिरपरिचित अनुहार शुक्रराजलाई माछापुच्छ«े बासीले आफ्नै घरदैलोमा देख्दा दंग देखिन्थे ।

शुक्रराज पनि माछापुच्छ«े गाउँपालिका पुगेपछि आफ्ना पुराना दिनहरु सम्झिए । जनताको घर–आँगन अनि गोठहरुमा बास बस्दै प्रजातन्त्र प्राप्तिका लागि लडेका आफ्ना पुराना दिन सम्झिए । उनले ती दिन सम्झँदै अब फेरि लोकतन्त्र बचाउने बेला आएको र माछापुच्छ«ेबासीले आफु र काँग्रेसलाई पुनः साथ दिन आग्रह गरे ।

माछापुच्छे« गाउँपालिका वडा नं. १ नेप्राङ स्थित सामान्य किसान परिवारका ६८ वर्षिय पूर्णबहादुर गुरुङले शुक्रराजलाई आफ्नै गाउँमा देखेपछि खुशी भए । उनले शुक्रराजलाई भेटेपछि कुनै हालतमा जिताईछाड्ने र त्यसका लागि आफु खट्ने प्रतिक्रिया दिए ।

‘तपाई प्रजातन्त्र र जनताका पक्षमा उभिने सच्चा योद्धा हो’ नेप्राङकै ६५ वर्षीय लक्षबहादुर गुरुङले भने– ‘हामीलाई गुन दिने मौका मिलेको छ । हामी सबै गाउँलेहरु तपाईको पक्षमा छौं ।’ पूर्णबहादुर र लक्ष बहादुर मात्र होइन, हरेक गाउँ गाउँमा भेटिएका पाका व्यक्तिहरु विगतलाई सम्झिदैं विभिन्न दैवि प्रकोपका घटना र अन्य विभिन्न खालका प्रशासनिक तथा विकास निर्माणमा शुक्रराजले खेलेको भूमिकालाई सम्झिँदै उहाँलाई त्यस क्षेत्र र काँग्रेसकै जिउँदो इतिहास भएको बताई रहेका थिए ।

मतदाताहरुसँगको भेटघाटबाट प्रसन्न देखिनुभएका शुक्रराजले आफू जनताको सेवा र राष्ट्रको संकट मोचनका लागि राजनीतिमा होमिएकोले विगतमाझै सधै जनताको सेवामा लागिरहने बताए । आफुले गाउँको विकास र जनताका हरेक खालका समस्याहरुलाई सधैं केन्द्रबिन्दुमा राखेकाले पनि यसपटक आफ्नो पक्षमा र नेपाली कांग्रेसको पक्षमा मत दिन मतदाताहरुसँग आग्रह गरे ।

घरदैलो कार्यक्रम अन्तर्गत बुधबार नेप्राङ, छैमल्याङ, चौरा लगायतका स्थानमा घरदैलो एवं कोणषभा भएको छ । कार्यक्रममा क्षेत्र नं. ३ अन्तर्गत प्रदेश नम्बर ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेकी शारदा पौडेलले गाउँको स्थानीय आयश्रोत पहिचान गरी गाउँघरमा नै लगानी गर्ने र त्यसबाट हुने आम्दानी गाउँमै भित्राउने वातावरण बनाउने विश्वास दिलाईन् ।

कमेन्ट गर्नुहोस्
Share: