कृष्ण थापा; कडा र ईमान्दार खेलाडीजस्तै

275
0
Share:

कास्की २ प्रदेश १ का उम्मेदवार कृष्ण थापालाई जिताउन खेलाडीहरु घरदैलोमा हिडेका छन् । युवा र खेलाडीलाई पनि उत्तिकै माया गर्ने उम्मेदवार थापाका लागि आफू रातदिन प्रचारप्रसारमा हिड्ने जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा मइ थाइका प्रमुख प्रशिक्षक दीपक गोदारले बताए ।

‘खेलाडीलाई आवश्यक परेका वेला थापाले मन फुकाएर सहयोग गर्छन्,’ उनले भने, ‘हाम्रो प्रदेशलाई थापा जस्तै नेता चाहिएको छ, उनलाई जिताउन कुनै कमी, कमजोरी बाँकी राख्दैनौ ।’

चुनाव भनेको राम्रो नेता छान्न पाउने ठूलो अवसर रहेको गोदारले बताए । ‘थापा जस्तो नेतालाई जिताउन सबै लाग्नु पर्छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा थापाको जित पक्का छ ।’ थापाले विगतमा पार्टी र राष्ट्रका लागि गरेको कामको मूल्याङकन गर्दै जिताउन अघि बढ्को भलिबल खेलका राष्ट्रिय रेफ्री तथा प्रशिक्षक नारायणबहादुर भण्डारीले सुनाए । ‘थापा उठेको क्षेत्रमा सबै युवा तथा खेलाडी एक भएका छौ,’ उनले भने । पोखरा–२१ मा रहेका सबै युवा तथा खेलाडी थापाको पक्षमा भएको भण्डारीले दावी गरे ।

थापा नीति र नियम पालना गर्ने कडा मिजासिका नेता रहेको सितोरियो करातेका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक रामचन्द्र गिरीले बताए । क्षेत्र नं २ प्रदेश १ का समन्वय कमिटी संयोजक युवराज पौडेलले खेलाडीहरु उम्मेदवार थापालाई जिताउन उत्साहजन ढंगले हिडेको बताए । ‘कमिटीले खेलाडीलाई समेटेरै अघि बढ्न भन्ने सोच थियो,’ उनले भने, ‘त्यो भन्दा पहिले नै खेलाडीहरु एक भएर उम्मेद्वार थापालाई जिताउन आफै हिडेका हुन् ।’

विहीबार उम्मेदवार थापासहित कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी, सोही क्षेत्रका समानुपातिक तर्फका उम्मेदवारहरु सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बुढा छन्त्याल जनतासँग भोट माग्न पोखरा–१७ पुगेका थिए । त्यस क्षेत्रमा २ दिनसम्म घरदैलो कार्यक्रम गरिने अनेरास्ववियु जिल्ला कमिटी कास्कीका पूर्व उपाध्यक्ष तथा उम्मेदवार थापाका सहयोगी रामराज पौडेलले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
Share: