भोट बदर नगराउन काँग्रेसको मतदाता प्रशिक्षण

Share:

पोखरा, १ मंसिर । स्थानिय चुनावमा पार्टीलाई आएको मत धेरै बदर भएको पाईएपछि यतिबेला मतदाताहरुलाई प्रशिक्षण दिने भएको छ । पहिलो चरणमा उसले प्रदेशस्तरिय आफ्ना प्रतिनीधिहरुलाई प्रशिक्षणमा सहभागी बनाएर मतदाताहरुलाई ‘सहि तरिकाले मत हाल्ने प्रक्रिया’ सिकाउने अभियानको थालनी गरेको हो ।

केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिमार्फत पार्टीले यो अभियानलाई तीव्रता दिईरहेको छ । सोहि अभियान अन्तरगत विहिबार पोखरामा ‘४ नम्बर प्रदेशस्तरिय मतदाता प्रशिक्षण कार्यक्रम’को आयोजना ग¥यो । नेपाली काँग्रेस कास्कीको आयोजनामा भएको मतदाता प्रशिक्षण कार्यक्रममा ३६ वटा प्रदेशसभाका ३÷३ जना प्रतिनीधिहरु प्रशिक्षित भए ।

‘पहिलो चरणमा प्रतिनीधिहरुलाई प्रशिक्षित बनाएपछि मतदाताहरुलाई स्थानियस्तरमा उनीहरुले नै प्रशिक्षण दिनेछन् ।’ नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले भने–‘यसले गर्दा काँगे्रसको पक्षमा आउने भोटमा बदर सँख्या ह्वात्तै घट्ने हामीले अनुमान लगाएका छौँ ।’ मतदातालाई भोट हाल्ने ‘ब्यालेट’सम्म ल्याउन जति मेहेनत गरेपनि भोट हाल्ने प्रकृया बिग्रेपछि त्यो भोटको अर्थ नहुने भएकोले यस्तो खाले प्रशिक्षण आवश्यक रहेको उनले बताए ।

‘मत माग्नु जति महत्वपूर्ण छ । त्यो भोटलाई सहि रुपमा हाल्न लगाउनु त्यो भन्दा अझै बढि महत्वपूर्ण छ ।’ भट्टराईले भने–‘त्यसैले अघिल्ला निर्वाचनको अनुभवले यो पटक काँग्रेसले पहिल्यै यस्तो खाले प्रशिक्षण दिने निर्णय गरेको हो ।’ उनले यो प्रशिक्षणको प्रभावले अब काँग्रेसलाई आउने भोट ‘बदर’ नहुने अपेक्षा समेत गरे ।

पोखरामा भएको प्रदेशस्तरिय मतदाता प्रशिक्षण कार्यक्रममा अधिवक्ता अनिता शर्मा र नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्ष केशव निरौलाले सहभागीहरुलाई भोट हाल्ने तरिकाको बारेमा जानकारी दिएका थिए । निरौला केन्द्रीय प्रचारप्रसार समन्वय समितिको सदस्य समेत हुन् । भोट हाल्दा होश नपु¥याएको खण्डमा भोट हाल्ने व्यक्तिसँगै पार्टीलाई पनि असर पर्ने हुँदा यो विषयमा निकै जानकारी लिनुपर्ने उनीहरुले बताएका थिए ।

प्रशिक्षण कार्यक्रमलाई शिक्षक संघ कास्कीका सभापति रमेशमोहन भट्टराईले संचालन गरेका थिए भने प्रशिक्षार्थीहरुलाई विश्वराज बाँस्तोलाले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: