मैले कम्युनिष्टहरुजस्तो झुठो बोल्दिन : कृष्ण केसी

Share:

बिग न्यूज
पोखरा, २ मंसिर । कास्की क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ घरदैलोको क्रममा पोखरा लेखनाथ २८ को नौरुङ, मादी गाउँपालिकाको राम्चे, लितियानी र हाँडिखोला पुगेका छन् ।

लितियानी र हाँडीखोलामा भएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश उम्मेदवार कृष्ण केसीले आफुले बेईमानी नगर्ने वचनवद्धता व्यक्त गरेका छन् । उनले आफुले ‘नसक्ने कुरा आफुले कहिल्यै नगर्ने’ बताउँदै सत्यको पक्षमा भोट हाल्न त्यहाँका मतदाताहरुसमक्ष आग्रह गरे ।

‘अहिलेको अवस्थामा बामपन्थीहरुले झुठा सपनाको खेती लगाईरहेका छन् । कम्युनिष्टको झुठा सपना कहिल्यै पुरा पनि हुँदैनन् ।’ उनले भने–‘त्यसैले सत्यको वकालत गरिरहेको काँग्रेसको पक्षमा भोट हाल्नुहोला ।’ त्यस्तै कोणसभामा बोल्दै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले काँग्रेसको जीतले मात्रै देशले निकाश पाउने कुरालाई जोड दिईन् ।

कोणसभामा नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य नविन सिग्देल, ओमप्रकाश गुरुङ, नेपाली काँग्रेस मादी गाउँपालिका सँयोजक देवीजंग गुरुङ, पुर्व जिल्ला सदस्य आनन्द सुवेदी, स्थानिय नेताहरु प्रेम रानाभाट, कृष्णचन्द्र बराल, प्रेम पौडेल, आशादेवी ढकाल लगाएतले बोलेका थिए । उनीहरुले विकासका लागि काँग्रेसलाई भोट गर्न मतदाताहरुलाई सुझाएका थिए ।

कास्की क्षेत्र नम्बर २ क बाट उम्मेदवारी दिएका काँग्रेस नेता गुरुप्रसाद बरालले संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसलाई जिताउन आवश्यक रहेको बताएका छन् । उनले काँग्रेसको जीतले मात्र संविधान कार्यान्वय सम्भव भएको उल्लेख गर्दै काँग्रेसकै पक्षमा मत हाल्न मतदाताहरुसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: