
बिग न्यूज
पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मा पुगेका बरालले वामपन्थीहरुले अहिलेको संविधानलाई खारेज गरि अधिनायकबाद लाद्न खोजिरहेको आरोप लगाए । ‘अधिनायकबादलाई प्रश्रय दिएको खण्डमा देश फेरि द्वन्दमा फँस्ने खतरा छ । त्यसैले देशलाई जोगाउनका लागि भएपनि काँग्रेसलाई भोट गर्नैपर्ने बाध्यता छ ।’ उनले भने–‘मतदाताहरुले यो विषयमा राम्रोसँग बुझ्न जरुरी छ ।’
साथै उनले नेपाली काँग्रेसको अबको यात्रा संविधानको पुर्णता र देशको सम्बृद्धि भएको बताए । काँग्रेसको लोकतान्त्रिक सँस्कारमा मात्रै देशको सम्बृद्धि हुन सक्ने कुरालाई उनले दोहो¥याए । उनले वामपन्थी एकताप्रति लक्षित गर्दै उनीहरुले जनतामाझ झुठा सपना बाँडिरहेको आरोप समेत लगाए ।
साथै उनी आफु जनताको सेवक भएकोले जनताको सेवा गर्नकै लागि उम्मेदवारी दिएको पनि बताएका छन् । ‘म जनताको सेवा गर्नको लागि राजनीतिमा आएको हुँ । र, मेरो विचारमा म अडिग छु ।’ उनले भने–‘मलाई जिताएर हजुरहरुको सेवा गर्ने मौका दिनुहोला ।’
