
पोखरा, २ मंसिर । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ मा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिभिन्न रोगहरुको बिषेशज्ञहरु सहितको स्वास्थ्य शिबिरमा १ सय ५० जनाले उपचार गराएका छन ।
हाम्रो परिबर्तन नेपाल बिद्यार्थि कमिटीको आयोजना तथा शितलचौतारी टोलबिकास सस्थाको सहकार्यमा शिविरको आयोजना गरिएको हो । शिबिरमा ईसिजि, मेडिकल, सर्जिकल, बालरोग, स्त्रप् तथा प्रसुती, हाडजोर्नी, दाँतरोगको उपचार गराईएको थियो । शिबिरमा गण्डकी अस्पतालका डा. ढाका कुमार श्रेष्ठ, डा. गणेश थापा, डा. धिरज जोशी लगायतका चिकिस्सहरुको सहभागिता थियो । शिबिरका क्रममा हाम्रो परिबर्तन नेपालका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले हाम्रो परिबर्तन नेपालले स्वास्थ्य, शिक्षा र खानेपानीमा बिषेश काम गर्दे आएको बताए । सस्थाले हाल पोखराको कास्कीकोटमा रहेको खानेपानी समस्या समाधानका लागि बोरिङ्ग सञ्चालनमा ल्याएको छ ।
