मादी गाउँपालिकाको पूर्वाधार विकासमा केसीको चासो

Share:

बिग न्यूज
पोखरा, १० मंसिर । प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर १ को ‘ख’तर्फ उम्मेदवारी दिएका कृष्ण केसीले मादी गाउँपालिका क्षेत्रको ग्रामिण सडक संजालको विषयमा चासो देखाएका छन् । उनले आफू गाउँमै हुर्किएको र गाउँको समस्याको बारेमा जानकार रहेको बताउँदै निर्वाचित भएसँगै आफ्नो क्षेत्रमा पर्ने सो सडकको स्तरोन्नती र विस्तारलाई तिव्रता दिने वचन दिएका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा मादी गाउँपालिका वडा नम्बर २ मा पर्ने चासु, रायागाऊँ, घामराङ र वडा नम्बर ३ मा पर्ने कुस्कुडाँडा लगाएतका ठाऊँमा पुगेका केसीले त्यहाँका बासिन्दासँग काँग्रेसलाई भोट दिएर सम्बृद्धि रोज्न अह«ाए । उनले काँग्रेसको तर्फबाट उम्मेदवारी दिएको आफूलाई भोट दिएर निर्वाचित बनाएसँगै सो क्षेत्रको विकासको गतिलाई तिव्रता दिने दोहो¥याए ।

उनले सो क्षेत्रको विकासका लागि सबैभन्दा पहिला सिक्लेस–ताङतिङ सडक संजाल जोड्ने, विजयपुरमा पुल निर्माण गर्ने, कसेरी–भैँसे र राखि–मिजुरे सडक संजाललाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यी सबै कामहरु निर्वाचित भएर आएपछि मैले गर्ने कामको गुरुयोजना अन्तरगत सबैभन्दा प्राथमिकतामा मैले राखेको छु ।’ केसीले दाबी गर्दै भने–‘र, यी कामहरु गरेर हजुरहरुको सेवा गर्ने मौका मलाई यहाँका जनताले दिने पनि छन् ।’

केसीसहितको चुनावी प्रचार टोलीमा नेपाली काँग्रेस मादी गाउँपालिकाका सँयोजक देवीजंग गुरुङ, आदिबासी जनजाति संघका केन्द्रीय सदस्य भीमकाजी गुरुङ, महिला नेतृ प्रभाश्री गुरुङ, नेपाली काँग्रेस कास्कीका सदस्य नविन सिग्देल लगाएत रहेका छन् ।

थापा र परियारको घरदैलो जारी

त्यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनीधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापा र प्रदेश ‘क’ तर्फका उम्मेदवार जीवन परियार पनि घरदैलो अभियानलाई तिव्रता दिईरहेका छन् । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न वडाहरुमा पुगेर काँग्रेसलाई विकास र सम्बृद्धिको लागि भोट हाल्न मतदाताहरुलाई आग्रह गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: