पैसाले नेता हुने दिन गए ः पालिखे

Share:

पोखरा, मंसिर १३ ।  कास्की र्निबाचन क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उमेदवार नरेश शंकर पाखिलेले पैसाले नेता हुन खोज्नेहरु समाप्त हुने बताएका छन । कास्कीको काँहुडाँडामा घरदैलो गर्दे पुगेका पालिखेले बिना कुनै योगदान सिमित नेतालाई पैसाको खोलो बगाएर नेता हुने रहर गर्नेहरुको रहर पुरा नहुने बताएका हुन ।

काँहुका जनता संगको भेटघाटमा उनले जिबव राजनितिमा बिताएका हजारौ कार्यकर्तालाई तिलान्जली दिएर झोलामा पैसा बुझाएकाहरु आएका दरिलो जवाफ दिन उनले जनतालाई आग्रह गरेका छन । निष्टाको राजनिति जोगाउन आफुले स्वतन्त्र उमेदवारी दिएको दावि गर्दे आएका पालिखेले र्निबाचन क्षेत्रभरी घरदैलो गरिरहेका छन ।  तिस बर्ष सम्म राजनितिमा जिवन गुजारेको भन्दै उनले नेताले जे भन्यो त्यही मान्ने परम्पराको अन्त्य गर्नको लागि आफुलाई बालक चिन्हमा मतदान गरि बिजयी गराउन आग्रह गरेका छन ।

पुर्ब उम मेयर हुदा आफुले पोखरामा बैदेशिक सहायता भित्राउने परम्पराको सुरुवात गरेको स्मरण गर्दे उनले आफुले जिते बिकासको मोडल प्रस्तुत गर्ने दावि गरेका छन । चुनाव पैसाले मात्र जित्ने सपना बोक्नेहरु पैसाको बिटो लिएर आए भने त्यही बीटोले हानेर फिर्ता पठाउन उनले मतदाता लाई आग्रह गरेका थिए । समयमै ख्याल नगरे पाँच बर्ष सम्म पछुताउनु पर्ने भएकाले प्रलोभन भन्दा निष्टा र त्यागलाई हेरेर भोट हाल्नु पर्ने पालिखेको भनाई थियो । घरदैलोको क्रममा उनलाई मतदाताहरुले बालक चिन्हमा मतदान गर्ने बचन दिएका छन ।

आफु बिजयी भएर गएपछि पाउने सुबिधा बाट बृद्धबृद्धा र समाजका बिभिन्न क्षेत्रमा खर्च गर्ने, बिकास बजेट पारदर्शि गर्ने , युवाका लागि बिकास कार्यक्रम, बजारलाई ब्यबस्थीत बनाउने, शिक्षा स्वास्थ्य र रोजगार जस्ता आधारभुत कुराहरुको उचित प्रबन्ध मिलाउने, पर्यटकिय क्षेत्रलाई सुरक्षीत र आक्रषण बढाउने कार्यक्रम ल्याउने , कृषि पशुपालन , बिदेशी सहायताको बृद्धि गरे नमुना र्निबाचन क्षेत्र बनाउने पालिखेले प्रतिबद्धता गरेका छन ।

कमेन्ट गर्नुहोस्
Share: