र्निबाचीत भएपछि सुबिधा लिन्न ः पालिखे

Share:

पोखरा, मंसिर १४ ।  स्वतन्त्र उमेदवार नरेश शंकर पालिखे आफु   र्निबाचित भएपछि पाउने सबै भक्ता पत्रकार महासंघ र गरिव असहाय, सुकुम्वासीहरुका लागि खर्च गर्ने पालिखेले घोषणा गरेका छन । चुनाव प्रचार तथा मत माग्न कास्कीको मौजा पुगेका पालिखेले उक्त घोषणा गरेका छन कास्की र्निबाचन क्षेत्र नं २ को प्रदेशसभा २ बाट सदस्य पदका लागि उमेदवारी दिएका पालिखेले घरदैलो जारी राखेका छन । मौजामा उनलाई त्यहाँका स्थानियबाशिहरुले स्वागत गरका थिए । घरदैलोको क्रममा उनले बालक चिन्हमा मत हालेर आफुलाई बिजयी गराउन अनुरोध गरेका छन । पालिखेल २ नंम्वर क्षेत्र कृषि, पर्यटन, ब्यापार जस्ता संभावनाहरु बोकेको क्षेत्र भएको बताएका छन ।  । यस्तो खालको बिषेशता बोकेको अन्य र्निबाचन क्षेत्र कमै हुने उनको भनाई छ  । सबै कुराको एकिकृत योजना बनाउन सक्ने हो भने देशकै नमुना र्निबाचन क्षेत्र बनाउन सकीने उनले मतदाता संग भनेका छन । आफुले यो क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउने  संकल्प लिएरु र्निबाचनमा आएको पालिखेले बताए । त्यसैगरि यो शिक्षाको पनि केन्द्र हो । यस क्षेत्रका बिद्यालयहरुको गुणस्त बृद्धि थप भौतिक पुर्वाधार मेरो प्राथमिकतामा छ ः उनले भने  । जनतालाई सहज र सरल स्वास्थ्य पहुँच, सरकारी स्वास्थ्य केन्द्र तथा मेडिकल कलेजलाई जनताको सेवामा लगाउने बाताबरण पनि बनाउने मतदातालाई उनले आस्वासन दिएका छन । पर्यटन पनि पोखराको मुख्य कुरा हो , तर हाल प्रचारमा आएका भन्दा अन्य क्षेत्रहरुको पनि खोजी र प्रचार गरि थप नयाँ गन्तब्यहरु र्निमाण गर्नेआफ्नो लक्ष भएको पालिखेले स्पष्ट पारे ।  पशुपालनलाई आक्रषणको पेशा बनाएर  दुग्ध र मासुजन्य पदार्थ र्नियात गर्नसक्ने गरि कृषिको बिकास गराउन सकिने संभावना आफुहरुले देखेको पालिखेको भनाई छ   ।

कमेन्ट गर्नुहोस्
Share: