अन्नपूर्ण गाउँपालिकामा एमाले र माओबादी छाडेर ४० भन्दा बढि काँग्रेस प्रवेश

Share:

बिग न्यूज
पोखरा, १७ मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा एमाले र माओबादी परित्याग गरि ४० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गलत नियतले पार्टीबीच गठबन्धन गरि देशलाई झन् बढि द्वन्दमा फँसाउनेलाई कदापी सहयोग गर्न नसक्ने भन्दै उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर र साविक ढिकुरपोखरी गाविसका ईकाईका सभापति मनमोती भण्डारीले अबिर लाएर उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । सोहि अवसरमा उनीहरुलाई पार्टीको सदस्यता पनि वितरण गरिएको थियो ।

वाम गठबन्धनको नाममा भएको दुई कम्यूनिष्ट पार्टीबीचको चुनावी एकतालाई लिएर अहिले जनतामा निराशा छाएको छ । र, कम्यूनिष्ट विचारधारा राख्ने व्यक्तिहरुलाई पनि यो खालको एकता नरुचेको जनस्तरमा देखिन्छ । पछिल्लो समय यस्तै निराश मन भएका एमाले र माओबादीका कार्यकर्ताहरु लोकतन्त्रको पक्षमा उभिँदै काँग्रेस प्रवेश गर्ने लहर चलेको नेपाली काँग्रेस कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: