जनताको मत लोकतन्त्रलाई : मन्त्री थापा

Share:

बिग न्यूज
पोखरा, १७ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभातर्फका काँग्रेस उम्मेदवार यज्ञबहादुर थापाले जनताले यो पटक लोकतन्त्रलाई नै जिताउने अपेक्षा गरेका छन् । अधिनायकबादीहरुका कारण लोकतन्त्रको अस्तित्व धरापमा परेको उल्लेख गर्दै उनले नेपाली जनताले लोकतन्त्र बचाउनकै लागि मतदान गर्ने विश्वास व्यक्त गरे ।

चुनाव प्रचारको क्रममा आइतबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२, १३ र १४ मा पुगेका थापाले त्यहाँका मतदातालाई लोकतन्त्रको पक्षमा भोट हाल्न आह्वान गरेका थिए । ‘अहिले गठबन्धनको नाममा अधिनायकबाद लाद्छाँै र पचासौँ वर्ष शासन गर्छौँ भन्ने दिवा स्वप्न देख्नेहरुले हजुरहरुलाई पनि सपना देखाउलान् ।’ उनले भने–‘सपनाको खेती गर्नेहरुको पछि नलाग्नुहोला ।’

वहालवाला कानुनमन्त्री समेत रहेका थापाले काँग्रेसले ‘विकास र सम्बृद्धि’को नारा लिएर चुनावमा आएको उल्लेख गर्दै जनतालाई ‘फेरि द्वन्द निम्त्याउने नियत भएकाहरु’लाई भोट नहाल्न सुझाव दिए । ‘ईतिहास देखि नै नेपाली जनताको पक्षमा काम गर्दै आएको लोकतान्त्रिक पार्टी भनेको काँग्रेस नै हो । र, अहिले पनि जनताको पक्षमा काम गर्ने भनेको काँग्रेसले मात्रै हो ।’ उनले भने ।

साथै थापाको साथमा प्रदेशसभातर्फ उम्मेदवारी दिएका कृष्ण केसी पनि घरदैलोमा सो क्षेत्रमा पुगे । उनले आफ्नो पक्षमा भोट माग्दै मतदातालाई विपक्षीको भूmठा आश्वासनमा नभुल्न आग्रह गरे । ‘म यो क्षेत्रको विकासमा यहाँका जनतासँग हातेमालो गर्नका लागि उम्मेदवार भएर आएको हुँ ।’ उनले भने–‘जनतालाई भोट मात्र माग्ने र काम नगर्ने प्रवृत्तिको मान्छे म होईन ।’

केसीले चुनाव मात्र नभएर आफू जनतासँग हरेक पल दुख सुख साट्दै आएको व्यक्ति भएकोले मतदातालाई पार्टीको भावनाभन्दा माथि उठेर मतदात गर्न आग्रह गरे । नेपाली काँग्रेसले विकास र सम्बृद्धि तर्फ आफ्नो राजनीतिक यात्रा बढाएकोले जनताले त्यसको प्रत्याभूती चुनाव पछि गर्ने उनको भनाई थियो ।

त्यस्तै उता प्रदेश सभा क तर्फका उम्मेदवार जीवन परियार पनि आफ्नो पक्षमा भोट मागिरहेका छन् । उनले आफ्नो क्षेत्रमा पर्ने विभिन्न वडाहरुमा पुगेर घरदैलो, चुनावी कोणसभासँगै त्यहाँका स्थानियहरुसँग अन्तरक्रिया गरिरहेका छन् । उनले चुनावी प्रचार अभियानको क्रममा सम्बृद्धितर्फ देश उन्मुख भएको र त्यसको नेतृत्व काँग्रेसले गरेको भन्दै जनमत काँग्रेसकै पक्षमा देखिएको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: