
बिग न्यूज
पोखरा, २१ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कास्कीकोटको कालिका मावि मतदात केन्द्रमा झडप भएको छ ।
फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मतदान केन्द्रमा स्थिती तनावग्रस्त भएको थियो । यद्यपी अहिले त्यहाँको स्थिती सामान्य भएको स्थानियले बताएका छन् ।
मतदाताहरु मतदानका लागि लाईनमा छन् । घटनास्थलमा प्रहरीको सुरक्षा व्यवस्था अझै कडा र चुस्त पारेर राखिएको त्यहाँबाट पत्रकार गौरव त्रिपाठीले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
