सिके राउतको गाऊँमा अहिलेसम्म शून्य मत

334
0
Share:

बिग न्यूज
सप्तरी, २१ मंसिर । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।

मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । यो मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् ।

स्थानीय मतदाता रामचरित्र मण्डलले यत्रो दिन मत खसाले पनि जितेकाहरुले कुनै चासो नलिएको र गाउँको विकासमा ध्यान नदिएकाले यसपटक मतदान नगरेको बताए । उनले पुरै गाउँलेको निर्णयमा कसैले पनि मतदान नगरेको सुनाए ।

यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ त्रिकौलमा पनि कसैले मतदान गरेका थिएनन् । यो महादेवा गाउँमा सिके राउतको घर छ ।

कमेन्ट गर्नुहोस्
Share: