कास्कीमा बाम गठबन्धनले खाता खोल्यो, एमालेका कृष्ण थापा भारी मतान्तरले विजयी

Share:

पोखरा, मंसिर २३ । कास्कीमा वाम गठबन्धनका उम्मेदवारले बिजयी खाता खोलेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा एमाले उम्मेदवार कृष्ण थापा बिजयी भए ।

उनले काँग्रेस उम्मेदवार गुरुप्रसाद बराललाई ७ हजार ४ मतान्तरले पराजीत गरे । थापाले १५ हजार ३ सय २९ मत पाउँदा बरालले ८ हजार ३ सय २५ मत पाए ।

३८ हजार मतदाता रहेको यो क्षेत्रमा २६ हजार ४ सय ३३ गणना भएको थियो । जसमध्ये ६ सय १२ मत बदर भएको थियो ।

विजयी भएपछि थापाले सम्पूर्ण मतदातालाई आभार प्रकट गरेका छन् । उनले चुनावका दौरान आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आफूले सक्दो भूमिका खेल्ने बताउँदै अमूल्य मत दिएर आफूलाई जिम्मेवारी प्रदान गरेको उल्लेख गरे ।

 

कमेन्ट गर्नुहोस्
Share: