
पोखरा । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।
उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका लागि स्वस्थ्यकर नभएको बताए । पोखरामा आयाोजित कार्यक्रममा जिसीले त्यस्तो बनाएका हुन् । अहिले सामाजिक सञ्जालमा चटपट र पानीपुरी रोक लगाउन हुने वा नहुनेमा सामाजीक सञ्जालमा बहस समेत चलेको छ ।
चटपट र पानीपृुरीलाई सडक र फुट्पाथमा प्रत्यक्ष स्वास्थ्य सगँ खेलाची गर्ने गरि ब्यवसाय सन्चालन गर्न रोकलगाउने तयारी गरेको पोखरालेखनाथ महानगरपालिकाका मेयरका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले बताए ।
उनले पानीपुरी, चटपट ब्यवस्थित र सफा गरि राज्यको प्रकृयामा दर्ता गरि सन्चालन गर्न दिने बताए । त्यसका लागि मापदण्ड तयार गर्न लागेको उनले बताए ।

