अँग्रेजी नयाँ वर्षमा होटल बाराहिमा ‘न्यू इयर इभ गाला डिनर पार्टी’

Share:

रेम बिक
पोखरा, १२ पुस । पोखराको होटल बाराहिमा अँग्रेजी नयाँ बर्षको अवसरमा ‘न्यू इयर इभ गाला डिनर पार्टी’ हुने भएको छ । अँग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको ‘गाला डिनर पार्टी’को तयारी शुरु भएको होटलले जनाएको छ । ‘गाला डिनर पार्टी’को व्यवस्थापन ‘जक्शन ग्रुप प्रालि’ले गर्दैछ ।

यो पटकको ‘इभेन्ट’मा पनि विशेष साँगीतिक कार्यक्रम हुने होटलले जनाएको छ । साँगीतिक कार्यक्रममा गायक शिव परियार, गायिका मिना निरौला र कमेडियन दिनेश काफ्लेको प्रस्तुती रहने होटलका कार्यकारी व्यवस्थापक राजकुमार केसीले जानकारी दिए । अँग्रेजी नयाँवर्षलाई खास बनाउनका लागि होटल वाराहिमा हुने ‘न्यू इयर इभ गाला डिनर पार्टी’ विशेष हुने उनले बताए ।

शिव परियार निकै लामो समयपछि यो पार्टीमार्फत पोखराका स्रोताहरुसँग साक्षात्कार गर्दैछन् । उनले ‘न्यू इयर इभ पार्टी’मा आप्mना चर्चित ‘नम्बर’हरु प्रस्तुत गर्नेछन् । त्यस्तै ‘ठमेल बजार’बाट चर्चित बनेकी गायिका मिना निरौलाको पनि प्रस्तुती धमाकेदार रहने इभेन्ट म्यानेजमेन्ट कम्पनी जक्शन ग्रुपले बताएको छ । त्यस्तै एक सय जना भन्दा बढि व्यक्तिको ‘क्यारिकेचर’ गर्न सक्ने हाँस्यकलाकार दिनेश काफ्लेको प्रस्तुती पनि विशेष रहनेछ ।

पार्टीमा विभिन्न डान्स ग्रुपहरुको प्रस्तुतीसँगै डिजे सेसन पनि हुने आयोजकले बताएको छ । त्यो सँगै पार्टीमा सहभागी हुनेहरु हरेकले टिकटमा ‘डोर प्राइज’ र लक्की ड्रमार्फत आकर्षक ‘गिफ्ट ह्याम्पर’हरु प्राप्त गर्न सक्ने होटलले जनाएको छ । ‘न्यू इयर इभमा लेकसाइड क्षेत्रमा एकदमै भीडभाड र हो–हल्ला हुने गर्छ । तर शान्त र पारिवारीक वातावरणमा न्यू इयर सेलिब्रेशन गर्ने मुडमा भएकाहरुका लागि यो पार्टी गतिलो डेस्टिनेशन हुन सक्छ ।’ इभेन्ट म्यानेजमेन्ट कम्पनी जक्शन ग्रुपका व्यवस्थापक अरुण गिरीले भने ।

होटल वाराहिले यो पार्टीमा वर्षकै उत्कृष्ट खाना ग्राहकहरुका लागि पस्कने दाबी गरेको छ । उत्कृष्ट खानपिनसँगै मनोरञ्जनात्मक कार्यक्रमबाट ‘न्यू इयर’लाई विशेष बनाउने प्याकेज आयोजक होटल वाराहिले सार्वजनिक गरेको छ । न्यू इयर इभ गाला डिनर पार्टीका लागि होटलले दुई तहको टिकटको व्यवस्था गरेको छ । बालबालिकाहरुका लागि २ हजार र वयश्कका लागि ३५ सय रुपैयाँको ‘प्याकेज टिकट’ होटलले विक्रि भैरहेको जनाएको छ । साँझ ७ बजेदेखि होटल वाराहिमा शुरु हुने कार्यक्रम राती १ बजेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: