
अंग्रेजी वर्ष भएपनि अहिले शहरी भेगमा नेपाली नयाँ वर्ष भन्दा यसलाई धुमधामका साथ मनाईन्छ । ह्याप्पी न्यू इयर भन्दै शुभेच्छा प्रकट हुन थालिसके ।
यही छेकोमा विदेशमै सबै छायाँकन भएको नेपाली कथानक चलचित्र ‘ह्याप्पी न्यू इयर’ प्रदर्शन सुरु भएको छ । पोखराका नायक र निर्मातको यो बहुप्रतिक्षित फिल्म पुस १४ गते शुक्रबारदेखि चलिरहेछ ।
केही दिन पहिलेमात्र फिल्म निर्माण युनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्म देवकुमार श्रेष्ठको निर्देशनमा बनेको हो ।
फिल्ममा अभिनेता कुशल थापा, पुकार गौतम ,संध्या केसी, इश्वर थापा, पदम शाक्य, सुजता केसी, मुक्ति रोक्का लगायतका कलाकारको मुख्य अभिनय छ ।
चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।


