डेस्टिनेशन लमजुङ, पर्यटक लोभ्याउदै राइनासकोट होम स्टे

Share:

यदुनाथ बञ्जारा
शाह वंशिय राजाहरुको ऐतिहासिक विरासत वोकेको लमजुङको सवैभन्दा अग्लो कोट राइनासकोटमा पर्यटकहरुको चाप वढ्न थालेको छ । लमजुङको दक्षिण पूर्वी भेगमा रहेको राइनासकोट राइनास नगरपालिकामा अवस्थित रहेको छ । लमजुङ जिल्ला कै लागि प्रमुख पर्यटकीय गन्तव्य को रुपमा सूचिकृत राइनासकोट साच्चिकै पर्यटकीय महत्वको गन्तव्य वन्दै गएको छ ।
तनहुँको डुम्रे वाट तुरतुरे नेपालडाँडा हुदै करिव ३० किमी दुरी पार गरेपछि पुग्न सकिने राइनासकोट पुग्नेहरुले करिव ४० मिनेटको पैदल यात्रा गर्ने मौका मिल्ने व्यवस्था समेत मिलाइको छ।


अलौकिक राइनासकोट
पुसको चिसो सिरेटोमा समेत कुनै पर्वाह भएन । तुसारोलाई टेक्दै मिरमिरे उज्यालो अगाडि नै कोट पुगेकाहरु आनन्दले यति पुलकित हुन्छ कि ठिहि¥याउने चिसो र कच्ची वाटोको घन्च्याङ्मन्च्याङ सवै भुल्छन् । कोटको सानो टाकुरो वाट धवलागिरी हिमाल, माछापुच्छ«े, अन्नपूर्ण हिमाल, लमजुङ, हिमाल, मनासलु हिम श्रृंखला, देखि गणेश हिमाल सम्म आँखा नझिक्याई हेर्ने अवसर मिल्छ । राइनासकोटवाट देखिने आधा भन्दा वढि क्षितिज हिमालका श्रृंखलाहरु जति हेरेपनि नथाक्ने आँखा र नअघाउने मन हरुले सन्सारका सवै सुख दुख भुल्न उद्दत हुन्छन् ।
पूर्वी क्षितिजको चेपबाट आगोको फिलि·ो झै फुत्त निस्कने सुर्योदयको दृश्य आफैमा अलौकिक रहेको छ। कोटमा उभिदा आफूलाई झण्डै आधा क्षितिजमा देखिने ४ वटा हिम श्रृंखलाको टाकुरा सँग वरावर नाप्न पाएपछि राइनासकोट पुग्नेहरुले लिलिगकोट जहाँ शाह वंशिय उदय काल अघि दौडेर राजा वन्ने ऐतिहासिक गन्तव्य थियो लाई पनि फुच्चेकोट भन्न वाध्य हुन्छन् । अरु फुच्चे टाकुरा हरुलाई आकासमा कावा खाएको गिद्धले सिनो खोज्न लगाएको दृश्य जस्ता लाग्ने नजरले लमजुङका साना तिना पहाड, फाटं र ऐतिहासिक चेपे नदी नियाल्दा छाती गर्विलो हुन्छ । हुस्सु नलागेका वेला चितवन र नवलपरासी सम्मको दृश्य पान गर्न सक्ने रायनासकोटले हिमाल पहाड र तराईलाई एकै पटक जोड्न सक्छ यसले पनि राइनासकोटको लोकप्रियतालाई उचाइमा पु¥याएको छ।


होमस्टेले थप्यो चहल पहल
ऐतिहासिक पर्यकीय गन्तव्य राइनासकोट जाने आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरि कोट भन्दा २ किमि तल राइनास ९ मा होम स्टे संचालन गरिएपछि आगन्तुक पर्यटकहरुको वसाई लम्विएको छ। १४ वटा होम स्टे निर्माण गरि संचालनमा ल्याइएको छ । १३ वटा आवास र १ वटा सामुदायिक भवन साढे ३ करोडको लगानीमा निर्माण गरिएको स्थानिय पूर्ण वहादुर गुरुङले वताए । १३ वटा चिटिक्कका भवनमा ३६ वटा कोठा र ७२ वटा वेड राखिएको होमस्टे संचालन मध्यकी एक अगुवा अभियन्ता भिम कुमारी गुरुङले वताइन् ।


अमेरिकी नागरिक नतासा ओजानाले सकलन गरि सहयोग पु¥याएको पौने २ करोड विउ पूजीबाट स्थापित राइनासकोट होम स्टे संचालनमा आएको १ वर्ष नपुग्दै लोकप्रिय वनेको छ । गुरुङ समुदायको वाहुल्यता रहेको उक्त होम स्सटे मा स्थानिय उत्पादनका परिकारहरु खान पाइने संचालिका भिमकुमारी गुरुङले वताइन् । नुन, चिनी, तेल मसला वाहेक सवै चिज आफैले उत्पादन गरेको खानेकुरा खुवाउने गरेको गुरुङले वताइन् । १ रातको बसाई, खाना खाजा र हल्का जलपान सहित जम्मा आठ सय रुपैया मात्र लाग्ने गरेको वताइएको छ।
होम स्टेमा कोदोको सेल, गुन्द्रुक भट्टको साँधेको अचार, लोकल कुखराको झोल मासु र भात ढिडो अनि ईच्छुकहरुले कोदोको तिनपाने समेत लिन खासै महंगो खर्च तिर्नु नपर्ने भएपछि आगन्तुक पाहुना र होमस्टे संचालक दुवैलाई अनुकुल वनेको छ राइनासकोट । खानेपानीको पर्याप्तता नभएका कारण समस्या आउँने गरेको उनिहरुको गुनासो छ ।

राइनास नगरपालिकाले यो वर्ष खानेपानकिो व्यवस्था मिलाउन वजेट व्यवस्था गरेको जानकारी गराएको छ । प्रमुख प्रशासकिय अधिकृत देव वहादुर अधिकारीले राइनास नगर पालिकाको प्रमुख पर्यटकीय गन्तव्य राइनास कोट को व्यवस्थापन गर्न गुरुयोजना वनाएर अघि वढ्ने वताए। यो वर्ष मात्र कोटको कालिका मन्दिर जिर्णोद्धार को लागि १० लाख र वाटो स्तरीकरणको लागि १० लाख रकम छुट्याइएको अधिकारीले वताए ।
२ दिने, अवलोकन भवनमा पोखरावाट गएका डेढ दर्जन पत्रकारहरुले प्रचुर सम्भावना वोकेको राइनासकोटको पर्यटन प्रवर्धन गर्न स्थानिय, प्रदेश र संघिय सरकार सवैको ध्यान जान पर्ने औल्याएका छन् । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व वोकेका राइनासकोटको विकास, प्रवर्धन संगै त्यहाँका होम स्टेहरुलाई व्यवस्थि तगर्न तालिमको उचित प्रवन्ध मिलाउन पनि पत्रकारहरुले सुझाव दिएका छन् ।


विकासमा पछि परेको   राइनास
वृहत नेपाल निर्माणमा सिंगो विरासत धानेको गण्डकी अंचलका दुई जिल्ला गोरखा र लमजुङले २१ औं सताव्दी सुहाउँदो विकासको कति पनि अनुभू ितगर्न पाएको छैन । शाह वंशिय उद्गम थलो मध्यको चेपे पारीको जिल्ला लमजुङ वीर योद्धा भक्ति थापाको जन्म गाउँ मात्र हैन शाह वंशिय वाइसे चौविसे राज्य चलेको ठाउँ भएर पनि विकासले अपेक्षाकृत गति लिन सकेको छैन । पूर्वी लमजुङको छ वटा साविकका गा.वि.स जोडेर वनाइएको राइनास नगर पालिका नाम मात्रको नगरपालिकाको उपमा पाएको छ ।
नगरपालिका भएर पनि एक इञ्च सडक पनि पीच भएको छैन। ग्रामिण सडकहरु अधिकांस धुले र कच्ची रहेका छन् जसका कारण धुलो धुवाका कारण प्रदुषण शिकार वन्न नगरवासीहरु वाध्य छन् । थपिएको योजनाहरु पनि नयाँ सडकका ट्रयाक खोल्न मै वजेट छुट्याएको छ ।
राइनास नगरपालिका भित्र सरकारको स्वास्थ्य सेवा पनि अपांग रहेको पाइएको छ । एउटा पनि प्राथमिक स्वास्थ्य केन्द्र समेत छैन । अस्पताल को लागि वेशिशहर, नारायणगढ वा पोखरा नै पुग्नु पर्ने अवस्थाले राइनासवासीहरु पिल्सिनु पर्ने अवस्था छ । यस्तै नगरपालिका भित्र कलेज समेत संचालनमा छैन । नगरवासीहरु स्नातक पढ्न घर छोड्न पर्ने वाध्यताको शिकारमा परेका छन् । शिक्षा, स्वास्थ्य र सडकमा विकास नभए सम्म यथार्थमा राइनासवासीले विकासको अनुभूत गर्न कठिन रहेको छ ।
७२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको राइनास नगरपालिकाको २०६८ सालको जनगणना अनुसार १८ हजार जनसंख्या रहेको छ ।
कृषि, पशुपालन र पर्यटन राइनासको मुख्य आयस्रोत रहेको भएपनि युवाहरुको विदेश पलायन भने रोकिएको छैन । चेपे नदीको किनारामा रहेको राइनास नगरलाई चेपे नदीको सिचांइ भने वरदान नै सावित भएको छ ।
पर्यटनमा गाउँ पर्यटन, कोट पर्यटनका साथै राफ्टीङ र प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको छ । श्रावण देखि मंसिर सम्म चेपे नदीमा राफ्टिङ चल्ने र अरु समयमा प्याराग्लाइडिङका लागि अनुकुल रहेको विज्ञहरुको ठम्याई रहेको छ ।
वडा कार्यालय आमा  समूहको घरमा
राइनास नगरपालिका आफ्नै भवनमा रहेको भएपनि वडा कार्यालयले भने भवन पाएको छैन । राइनास वार्ड नं. १ र २ कार्यालय विहिन छन् । हाललाई आमा समूहले आफ्नो भवन वडा कार्यालय राख्न दिएका छन् । पोखरावाट गएका पत्रकारको टोलीलाई सम्मान गर्न आयोजित स्थानिय आमा समूहको भेलामा वोल्दै वार्ड नं. २ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले भने राइनास २ कृषिमा आत्मनिर्भर छ तर आफूले वसेर काम गर्ने वडा कार्यालय समेत छैन उनले आगामी नगर परिषद्मा खास खास योजना भित्र्याउन पहल गरिने उनले वताए । नागरिकमा धेरै अपेक्षाहरु छन् तर हामी सँग धुले सडक र चेपे सिंचाई वाहेक अरु केहि छैन अधिकारीले भने । कृषि, पशुपालन र आन्तरिक पर्यटनलाई यो जनावद्ध विकासको संजालमा समावेश गरिने पनि उनले वताए ।


यता स्थानिय कृषक दामोदर घिमिरे स्थानिय सरकारले किसानका समस्यामा ध्यान दिन नसकेको वताउंछन् । उनले भने जनप्रतिनधिले कृषकको समस्या वुझन पर्नेमा वेवास्ता गरेको आरोप लगए पनि वडा अध्यक्ष अधिकारी उपलव्ध स्रोत साधनलाई समानरुपमा प्रयोग गरिने वताउँछन् । एमाले जि.स. लमजुङका सदस्य ऋषिकेश घिमिरे राइनासलाई पर्यटन, कृषि र पशुपालनलाई प्राथमिकतामा पारेर विकास गर्नुपर्ने औल्याए ।
समग्रमा लमजुङ आन्तरिक धुले सडक संजाल मा चित्त बुझाउन वाध्य छ । भर्खर वन्दै गरेर मध्यपहाडी लोकमागको निर्माण पछि भने राष्ट्रिय स्तरको सडक संजालले थप टेवा दिने अपेक्षा गरिएको छ ।
(लमजुङबाट फर्केर)

कमेन्ट गर्नुहोस्
Share: