अनिको संसारको साथीद्वारा शैक्षिक सामाग्री वितरण”

Share:

पोखरा , चैत्र ३० ।
पोखराको ड्यामसाइड स्थित अनिको नामक संस्थाले पोखरा आसपासका रहेका ६० जना छात्र–छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ड्यामसाइड स्थित आफ्नै कार्यालयमा एक विशेष औपचारिक कार्यक्रम गरी कपी, कलम, झोला, जुत्ता लगायतका शैक्षिक सामाग्री एवम् ड्रेस वितरण गरिएको छ । पोखरा लेखनाथ –१७ का महिला वडा सदस्य श्री शान्तादेवी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महानगरका नायब सुब्बा श्री बेलकुमारी गुरुङ विशेष अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै वडा सदस्य शान्तादेवी गुरुङले मानव सेवाको क्रममा संस्थाले पु¥याएको योगदानको प्रशंसा गर्दै यस कार्यक्रममा वडाको सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो भने विशेष अतिथि वेलकुमारी गुरुङले पनि गरिब र असाहाय बालबालिका हरुलाई शिक्षाको अवसर जुटाएर संस्थाले सह्रायिन काम गरेको भन्दै महानगरको तर्फबाट धन्यवाद दिनुभयो । साथै रामदी आधारभुत विद्यालयका अध्यक्ष क्या. दिल बहादुर थापाले पनि संस्थाको सहयोगी हातको प्रशंसा गर्नुभयो । स्वागत तथा कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै संस्थापक अध्यक्ष प्रश्न घमालले सन् २०१४ मा स्थापित यो संस्था छात्रवृत्ति वितरण, शैक्षिक सामाग्री वितरण, उच्च शिक्षाका लागि निर्धन युवा युवतीलाई सहयोग तथा वितत्तिमा मानविय सहयोग गर्न तत्पर रहेको र आगामी दिनमा पनि यसको दायरा फराकिलो पार्न पहल गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । भीमनाथ बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन उमिता घमालले गर्नुभएको थियो । कार्यक्रममा भीमनाथ बराललाई मायाको चिनो र दोसल्लाले सम्ममान गरिएको थियो भने प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई समेत मायाको चिनो प्रदान गरियो । स्मरणीय छ, २०७१ सालमा स्थापित यस संस्थाले ६ दर्जन भन्दा बढी गरिब तथा असाहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, छात्रवृत्ति वितरण गर्नुका अतिरित्त प्राकृतिक प्रकोप पिडित समुदायमा निरन्तर मानवीय सहयोग पु¥याउदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: