
भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बेलुकीसम्ममा सार्वजनिक गर्ने तयारी भएको छ ।
एसईईको नतिजा आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।
एसईईको नतिजा तपाईँले एसएमएसबाट पनि थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि परीक्षाफल प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।
यस्तै अनलाइनमार्फत नेपाल टेलिकमको http://see.ntc.net.np/ साइटबाट पनि परीक्षाफल थाहा पाउन सकिन्छ ।
कमेन्ट गर्नुहोस्
