
पोखरा, १२ असार । ट्री हाउस रेष्ट्रो पोखराले एक वर्ष प्रवेश गरेको अवसरमा सडक बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।
पोखराको न्यूरोडमा रहेको रेष्ट्रोले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा १५ जनासडक बालबालिकाहरुलाई कपडा वितरण गर्नुका साथै खानाखुवाएको हो ।
करिव ७० लाखको लागतमा सञ्चालनमा आएको रेष्ट्रोले रेष्टुरेन्ट व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक गतिविधिमा सामेल हुँदै आएको सञ्चालक सुनिल पहारीले जानकारी दिए ।
तीन जना युवाको संयुक्त लगानी रहेको रेष्ट्रोले १० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको अर्का सञ्चालक बिकाश अधिकारीले बताए ।
साथै, स्थापनाको एक वर्ष प्रवेश गरेको अवसरमा रेष्ट्रोले विभिन्न छुटहरुको अफर सहित शान्त तथापारिवारिक वातावरणमा सेवा सुविधा प्रदानगर्दै आएको सञ्चालकमध्येका एक सुनिल केसीले जानकारी दिए ।
पछिल्लो समयमा बढ्दो बिदेशीने क्रमलाई रोक्दै स्वदेशमा नै युवाहरुलाई केहीगर्नुपर्छ भन्ने सन्देश दिनका लागि पोखराका तीनजना युवाहरुको संयुक्त रुपमा रेष्ट्रो सञ्चालनमा ल्याएको सञ्चालकले बताए । रेष्ट्रोले आगामी दिनमा आफ्नो सेवा सुविधालाई ग्राहक माग अनुसार परिमार्जित गर्दै अगाडि बढ्ने उद्घोष गरेको छ ।
