पोखरामा फोहरजन्य प्लाष्टिकको प्रयोग गरी बाटो पीच

Share:

पोखरा, १ साउन। नेपालमै पहिलो पटक पोखरामा फोहरजन्य प्लाष्टिकको प्रयोग गरी बाटो पीच गरिएको छ।पोखरा महानगरपालिका वडा १४ चाउथे अनुपमटोल स्थित बी एण्ड बी मार्गमा प्लाष्टिक प्रयोग गरी १ सय मिटर बाटो पीच गरिएको हो।

सो बाटो पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सदस्य बिन्दुकुमार थापाले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे।ग्रीन रोड वेष्ट म्यानेजमेण्टले साढे ६ लाख रुपैयाँ’ लागतमा बाटो पीच गरेको हो। पीचका लागि करिब तीन सय केजी प्लाष्टिक प्रयोग भएको छ।प्लाष्टिकको प्रयोग गरी कम पैसामा बलियो पीच बनाउन सकिने ग्रीन रोड वेष्ट म्यानेजमेण्टका संचालक सञ्जीव बास्तोलाले जानकारी दिए।

अलकत्राको मात्रा घटाइने भएकाले एक किलोमिटर पीच गर्दा करिब २ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ।उनले ग्रीन रोड वेष्ट म्यानेजमेण्टले कुहिने फोहरबाट बायो ग्यास उत्पादन गर्ने र नकुहिने प्लाष्टिक पीच बाटो निर्माणका लागि उपयोग गर्न चाहेको उल्लेख गरे।

पोखराका बढी वर्षा हुने भएकाले प्लाष्टिक प्रयोग गरी बनाइएको पीच बढी उपयोगी हुने उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: