वडाध्यक्ष दर्शन लामाको नेतृत्वमा पोखराको वडानम्बर १३ नमूना बन्दै 

Share:

पोखरा ४,साउन । पोखरा वडानम्बर १३ नमूना वडाको तयारीमा जुटेको छ । वडाध्यक्ष दर्शन लामाको नेतृत्वमा सो वडा नमूना वडा बन्ने तयारीमा जुटेपोखरा हो । नमूना वडा बन्ने मार्गमा हिंडेको सो वडा कार्यालय प्रविधिमैत्री स्मार्ट वडा कार्यालय भने बनिसकेको छ ।

नमूना वडा बनाउने अभियान अन्तर्गत वडा कार्यालयलाई प्रविधिमैत्री स्मार्ट कार्यालय बनाइएको वडाध्यक्ष लामाले बताए । उनका अनुसार वडा कार्यालय व्यवस्थित बनाउन भवनको माथिल्लो तल्ला थपिएको छ । २६ लाख २३ हजार ९ सय ८० हजार रुपैयाँ खर्चेर ३ वटा कोठा बनाइएको हो ।वडालाई प्रविधीमैत्री बनाउन ११ वटा सीसी क्यामरा जडान गरिएका छन् । कर्मचारी कक्ष, हेल्थ ल्याव, बगैंचालगायत ११ वटा कक्षमा सिसी क्यामरा जडान गरिएको हो ।

वडाले गर्ने कार्यक्रम प्रविधीमैत्री बनाउन वडाध्यक्षको कार्यकक्ष नजिकैको कोठालाई कन्पिरेन्स रुम बनाएर त्यहाँ प्रोजेक्टर राखिएको छ ।ताजुबको कुरा त के छ भने वडाले राख्ने नागरिक बडापत्र डिजिटल बनाइएको छ । कयौं वडाले सामान्य फ्लेक्समा लेखेका बडापत्र च्यातिएर/मेटिएर बुझ्न नसक्ने हुँदापनि नफेरिरहेको अवस्थामा पोखरा वडा नम्बर १३ ले प्रविधीमैत्री ‘स्मार्ट बडापत्र’ राखेको हो ।

सबैलाई पढ्न सजिलो होस् भनेर डिजिटल बडापत्र राखिएको वडाध्यक्ष लामाले प्रष्ट्याए । यसका लागि ४ लाख ८० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।त्यस्तै, वडा प्राङ्गणमा ४ लाख रुपैयाँ खर्चेर आकर्षक बगैंचा निर्माण गरिएको छ । वडा कार्यालयको ७ रोपनी क्षेत्रफलमा लगाइएको पर्खाल र रेलिङ पनि रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

वडा कार्यालयले हेल्थ ल्याव सञ्चालनमा ल्याएको छ । जहाँ विरामीको निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै नेपाल सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधी पनि वितरण गरिने वडाध्यक्ष लामाले बताए ।हेल्थ ल्यावमा सुगर, प्रेसर, एचआइभी एड्स, मिर्गाैलालगायतका जाँच गरिने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: