युवा ज्योतिष हरिहर अधिकारी अब ‘शुभ लभ’ का नायक

Share:

टिभीको सानो पर्दामा देखिँदै आएका चर्चित युवा ज्योतिष हरिहर अधिकारीलाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । त्यो पनि ज्योतिषका रुपमा होइन, नायकका रुपमा । सानै उमेरमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ज्यो. अधिकारीले चलचित्र ‘शुभ लभ’ बाट डेव्यु गर्दैछन् ।

निर्माता प्रदीप कुमार उदयले निर्माण गर्ने उक्त चलचित्र ‘शुभ लभ’ बाट उनले नायकको रुपमा डेव्यु गर्न लागेका हुन । उनकै लेखन रहेको फिल्म ‘शुभ लभ’ को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । फरक प्रेम कथा बाकेको चलचित्र ‘शुभ लभ’ मा हरिहरसँग मिस टिन २०१७ कृष्टिना पौडेलले स्क्रिन शेयर गर्दैछिन् ।

सन्तोष बाबु लोहरीले निर्देशन गर्ने ‘शुभ लभ’ लभस्टोरी कमेडी जनरामा निर्माण हुने बताइएको छ । फिल्ममा हरिहर र कृष्टिनीसँगै नायक प्रदीप बास्तोला, अभिनेता सरोज खनाल, अग्रज कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेनछ । साथमा, डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहने प्रेसमिटमा जानकारी गराइयो ।

भाद्र १५ गतेबाट फ्लोरमा जाने फिल्मको प्रदर्शन मिति चैत १५ गतेलाई तोकिएको छ । अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

‘शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ । कस्ट्युम डिजाइन रोबिन परियारले गर्नेछन् । चलचित्रको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायत क्षेत्रमा हुने फिल्म युनिटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: