काठमाडौ जादै गरेको हाइलक्स भण्डारढिकमा दुर्घटना

Share:

पोखरा, ५ साउन /पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २९ भण्डारढिकमा एक निजि हाइलक्स टोयटा गाडी दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ६६५६ नम्वरको हाइलक्स दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएका हुन ।

घाईतहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा ल्याईएको र उनिहरुको नाम खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।उक्त गाडी तिव्र गतिमा भएका कारण दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् । तिव्र गतिमा रहेको गाडी सडकबाट नाला पारगर्दै, स्थानीय मात्रिका प्रसाद लामिछानेको घरको च्यानल गेटमा पुगेको थियो ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: