
चितवन, साउन ९ । चितवनको भरतपुर बसपार्कचोकमा बुधबार प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तनाव उत्पन्न भएको हो ।ली लागेर घाइते हुनेमा नवलपुर, गैंडाकोट–४ का ३० वर्षीय रिक्साचालक महेन्द्र सुनार रहेका छन् । उनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।
भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तीनपांग्रे सवारी व्यवसायी प्रदर्शनमा उत्रिँदा झडप भएको हो ।सोहीक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली, दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।
प्रदर्शनकारीले हानेको ढुंगा लागेर पाँच प्रहरीजवानसमेत घाइते भएका छन् ।
