
अनुप पौडेल,पोखरा,१७ साउन ।गण्डकी प्रदेश कि सामाजिक विकास मन्त्री नरदेवी पुनले आफू जनताको चाहाना अनुसारको काममा प्रतिबद्ध रहेको बताएकी छन ।
उनले गण्डकी प्रदेशमा सरकारले विश्वविद्यालय बनाउने तयारी गरिरहदा अब विदेशी नागरिक आएर अध्ययन गर्ने खालको संरचना बनाउनु पर्ने र विदेशी खेलाडी आएर खेल्ने खालको खेलकुद रंगशाला बनाउनु पर्नेमा जोड दिएकी छन ।
साहित्यकार गेहेन्द्र भूषण पोख्रेलीको कविता सङ्ग्रह ‘तसविर र कवितामा मेरो प्राकृत पोखरा’ को विमोचन कार्यक्रममा बोल्दै मन्त्री पुनले उक्त प्रसङ्ग उल्लेख गरेकी हुन ।पोखराका विभिन्न विषयावस्तु समेटिएको साहित्यकार भूषणको उक्त सङ्ग्रहमा १७ वटा कविता संग्रहित रहेका छन्
कर्मचारीले आफुलाई जागिरे मानसिकताबाट टाढा नराख्ने समय सम्म देशको विकास नहुने पुनको भनाई छ ।
सामाजिक विकास मन्त्रालयको काम अन्तर्गत स्वस्थ,नैतिकवान र दक्ष जनशक्ति उत्पादन रहेको र राजनीतिकर्मिले आफुलाई मन लाग्दो गर्न नहुने पुनको भनाई रहेको थियो ।
मन्त्री पुनले केन्द्र सरकारले प्रदेश सरकारलाई आवश्यकता अनुरुप कर्मचारी नदिएको गुनासो पोख्दै निति निर्माण गर्दा सबै पक्षलाई ध्यान दिने वाचा समेत गरेकी थिइन ।
