भोट माग्दा जनतासँग खाएका कसम सार्थक बनाउँछु:मन्त्रीअर्याल

Share:

अनुप पौडेल,
साउन २५,पोखरा ।

संघिय सरकार कि भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भोट माग्दा जनतासँग खाएका कसम सार्थक बनाउने र जनताले विकासको अनुभूति गर्ने गरी सरकार अगाडी बढ्ने बताएकी छन् ।उनले जमिनसग जोडिएका सुकुम्बासी समस्यालाई अध्ययन गरी सरकारले भूउपयोग नीति निर्माण गर्ने र त्यसलाई समाधान गर्ने बताईन ।

अनलाईन पत्रकार संघ नेपाल,कास्कीको आयोजनामा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम बोल्दै मन्त्री अर्यालले सहकारी क्षेत्रको विकृति पहिचान गरी व्यवस्थित गर्न सहकारी ऐन परिचालित हुने समेत उल्लेख गरिन ।सहकारी क्षेत्रको विकास गर्न सके र सहकारीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सके गरिबी निवारण गरेर सुखी नेपाली समृद्द नेपालको नारा सफल हुने उनको भनाई रहेको थियो ।

करको व्यापक विरोध भई रहँदा संघिय सरकारले त्यसलाई सच्याउने तर जनता कर तिर्नबाट पछि हटन नहुने अर्यालले बताईन ।मन्त्री अर्यालले भनिन,”बिपक्षीले गरेको व्यवहारले गर्दा सोचे जस्तो काम गर्न सकिएको छैन तर हाम्रो काम हालसम्म सन्तोषजनक छ ।”उनले स्थानीय सरकारलाई जथाभावी कर नबढाउन सचेत समेत गराएकी छन् ।

गरिबी निवारणको कार्यक्रम अन्य बहु मन्त्रालयमा पनि भएको र गरिबी निवारणलाई सरकारले प्राथमिकतामा राख्नुका साथै त्यसको ठोस कार्यक्रमको तयारी भएको अर्यालले जानकारी दिएकी छन् ।पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल ८१ लाख गरिब रहेका छन् जसमा सबैभन्दा धेरै गरिब र धनी दुवै गण्डकी प्रदेशमा नै छन् ।

कमेन्ट गर्नुहोस्
Share: