सिंहदरबारभित्रै प्रशासन मन्त्रालयका उपसचिव आचार्य कुटिए

519
0
Share:

२८ साउन, काठमाडौं । सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए ।

भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ ।‘उनले कुर्सी उचालेर जाइलाग्नुका साथै गमला समेत फुटाएका छन्’, मन्त्रालयका एक अधिकारीले भने ।

कमेन्ट गर्नुहोस्
Share: