फेवा चेक ड्याममा डोजर, तालको २० रोपनी टापुमा परिणत (भिडियो सहित)

Share:

फेवाताल मानिसको प्रत्यक्ष अतिक्रमणले मात्र साँघुरिएको होइन । फेवातालमा मिसिएर आफ्नो अस्तित्व सकिने फिर्के बुलौंदी खोलाहरुबाट तालमा पुग्ने माटो, लेदोले पनि दिनप्रतिदिन साँघुरिदै छ । फेवातालमा सोझै मिसाइएका ढल त एक कारण हुँदै हो, त्यसमाथि खोलामा मिसाइने ढल र फोहोर पनि अन्तिममा पुग्ने फेवाताल नै हो ।

त्यसैले गाइघाट ड्यामसाइडमा चेक ड्याम छ । यसको व्यवस्थापन नहुँदा टनका टन फोहोर थुप्रेर त्यहीं टापु बन्ने अवस्था थियो । पोखरा महानगरपालिकाले बुधबार बिहान डोजरले थुप्रिएका फोहोर फालेको छ । मानवीय अतिक्रमणको चपेटामा परेको फिर्केखोलामा बिसर्जन हुने फोहरमैलाका कारण चेकड्याम पुरिन गई फेवातालको झण्डै २० रोपनी पानीको भूभाग टापुमा परिणत भएको छ ।

नागरिक अभियन्ता रामबहादुर पौडेलले प्राकृतिक सम्पदाहरुको संरक्षणमा स्थानीय सरकारलाई जवाफदेही बनाउने गरि सबैले नागरिक खबरदारी गर्नुपर्नेमा जोड दिन्छन् ।

हेर्नुहोस् भिडियोः

कमेन्ट गर्नुहोस्
Share: