
पोखरा, ३१ साउन । पोखरा महेन्द्रपुल स्थित एनमार्क एजुकेशन प्रालिले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु लक्षित गरेर अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ ।
भदौ ४ गते सोमवार एनमार्कको आफ्नै केन्द्रिय कार्यालय, महेन्द्रपुलमा हुने फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० बढी कलेज कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारी (नसिव) ले जानकारी दिए । अष्ट्रेलियाका प्रमुख शहरहरुमा रहेका युनिभर्सिटी समेटिएको उनले बताए । उनीहरुले आफ्नो कलेजबाट प्रदान गरिने स्कलरशीप, अध्ययन सिकाई प्रक्रिया, अध्यापन गराइने विषयका बारेमा जानकारी दिनेछन् ।
अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा विद्यार्थीको चासो बढेको र उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया भइरहेको सन्दर्भमा विद्यार्थीलाई सही परामर्श दिन यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । प्रमुख शैक्षिक गन्तव्य अष्ट्रेलियामा भिसा परामर्श दिनु मात्र ठूलो कुरा नभई त्यहाँ कुन कलेज छनौट गर्ने, कुन कोर्स पढ्ने भन्ने बारेमा अगाडि नै जानकार भएमा विद्यार्थीको बसाईं सफल र लक्ष्यमा पुग्न सक्ने उनको भनाई छ ।
कन्सल्टेन्सीमा रहेका काउन्सलरले एकै समयमा सबै कलेजबारे जानकारी गराउन सधैं सम्भव नहुने भएकाले यस्तो फेयरमा धेरै कलेज तथा युनिभर्सिटीका आफ्नै प्रतिनिधिबाट प्रत्यक्ष बुझ्न सक्ने भएकाले विद्यार्थीका लागि लाभदायक रहने अधिकारीको विश्वास छ ।
विगत ५ वर्षदेखि अनवरत सेवारत एनमार्कको केन्द्रीय कार्यालयनै पोखरामा भएकोले छिट्टो र सहज रुपमा विद्यार्थीहरुका परामर्श तथा अन्य प्रोसेसिङका कामहरु भएको अधिकारीको दाबी छ । करिअर काउन्सिलिङसँगै विभिन्न शहरहरुको जीवनशैली, अध्ययन खर्च र सम्भावनाहरुका बारेमा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट सिधै जानकारी मिल्ने भएकाले यो मौकाको सदुपयोग गर्न सिनिअर काउन्सलर सामना क्षेत्रीको आग्रह छ । बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म फेयर चल्नेछ । फेयरमा प्रवेश निशुल्क छ ।
For more details and to register for the fair, miss call > 9826177043 or Click https://goo.gl/forms/k6uPbzr1d6WiOCk73
फेयरमा पोखरामा कहिल्यै नआएका कलेज तथा युनिभर्सिटीको उपस्थिति रहने एनमार्कको दावी छ । एनमार्कले अष्टे«लियासँगै न्युजिल्याण्ड, अमेरिका लगायतका देशमा विद्यार्थी पठाउने र अध्ययनका लागि परामर्श दिने काम गर्दै आएको छ ।

