
अनुप पौडेल ।
२ भाद्र ,पोखरा । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कांग्रेस विरोध गर्ने प्रतिपक्ष नभई कांग्रेसले लोकतान्त्रिक शिष्टता,मर्यादा र प्रजातान्त्रिक चरित्र सिकाउने पार्टी भएको बताएका छन् । उनले गाउँ इकाई समितिहरुको संयुक्त रुपबाट स्थानीय तह,जिल्ला र प्रदेश तह हुँदै देशव्यापी आन्दोलनको विकास गर्ने र त्यसका कुनै सकारात्मक काम आए त्यसलाई सहयोग गर्ने समेत उल्लेख गरेका छन ।
आज पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले गोविन्द केसीको माग जाहेज भएकाले नेपाली कांग्रेसले त्यसलाई समर्थन गरेको बताए । उनले भने,”पेसागत रुपले भयको स्थिती सिर्जना गर्ने गरी शुक्रबारबाट आएको नयाँ मुलुकी संहिता ऐनले लोकतान्त्रिक परिस्थितिमा अंङकुश लगाएको छ ।”
उनले लोकतान्त्रिक सिद्दान्त नियन्त्रण नगर्न आग्रह गर्दै ३३ केजी सुन काण्डको जरो सम्म सरकार पुग्नुपर्ने समेत बताएका छन ।उनले थपे,”देशब्यापी आन्दोलनको विकास गर्नका निमित्त अझै डेढ देखि दुई वर्ष प्रतीक्षा गर्नुपर्छ।”
केसीले वर्तमान समयमा नेपाली कांग्रेसको सिद्दान्त पार्टी भित्र आन्तरिक सुधार सगै लोकतन्त्र विरोधी गतिविधी नियन्त्रण पनि रहेको बताए ।
भ्रस्टाचार लगायतका समस्या देखिएको हुनाले वर्तमान सरकार नाङ्गिएको धारणा केसीले व्यक्त गरे ।
File Photo
