अन्तराष्ट्रिय महिला सौन्दर्य प्रतियोगितामा पोखराकी गुरुङले नेपालको प्रतिनिधित्व गर्ने

Share:

अनुप पौडेल ।
३ भदौ,पोखरा । पोखरा कि दुर्गा गुरुङ अन्तराष्ट्रिय महिला सौन्दर्य प्रतियोगितामा सहभागी हुन् मलेसिया जाने भएकी छन् । आउँदो अगस्ट ३० अर्थात भदौ १४ गते मलेसियाको राजधानी कोलालम्पुरमा हुने विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता “मिसेज टुरिजम क्विन इन्टरनेशनल २०१८“ मा उनी सहभागी हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मिसेज गुरुङ २०१८ कि उपविजेता गुरुङले सिङगो नेपालको प्रतिनिधित्व गर्ने छिन ।उक्त अन्तराष्ट्रिय प्रतियोगितामा विश्वका ३३ राष्ट्रको सहभागिता रहने छ ।गुरुङ संगै नेपालबाट मिसेज टुरिजम क्विन इन्टरनेशनल २०१८ का नेपाल व्यवस्थापक विशाल गुरुङ पनि मलेसिया जाने छन् ।पहिलोपटक सहभागी हुन लागेकी गुरुङले “आँखैमा राख्छु मेरो देश” बोलको गीतमा नेपालि पोशाक गुन्यूचोल्यो लगाएर नेपालको झण्डा फर्फराउदै नृत्य प्रस्तुत गर्ने्छिन् ।

प्रतियोगितामा सहभागी हुन् २० वर्ष नाघेको विवाहित र कम्तिमा एक सन्तान हुनुपर्ने नियम रहेको “इभेन्ट्स फर यू“ का प्रमुख विशाल गुरुङले जानकारी दिएका छन् । सहभागी हुन् लागेकी गुरुङ ३० वर्ष कि रहेकी छन् भने उनको एक छोरी पनि रहेकी छन् ।प्रतियोगितामा सहभागी हुने दुर्गा गुरुङका साथमा विशाल गुरुङ आउँदो शुक्रबार नेपालबाट मलेसिया प्रस्थान गर्नेछन ।

कमेन्ट गर्नुहोस्
Share: