कर्ण शाक्यको रिसोर्टबाट निस्केको पानी हानिकारक रहेको भेटियो

Share:

५ भदौ ,काठमाडौं  । पोखरामा रहेको कर्ण शाक्यको ‘वाटर फ्रन्ट रिसोर्ट’ बाट शुद्धिकरणपछि निस्कने पानी परीक्षणको क्रममा दुषित भेटिएको छ। होटल व्यवस्थापनले ‘डिसेन्ट्रलाइज वेस्टवाटर ट्रिटमेन्ट सिस्टम’बाट पानी शुद्धीकरण गरिएको बताउँदै आए पनि परीक्षणको क्रममा होटलबाट निस्केको पानी दुषित भेटिएको हो ।

खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले गरेको परीक्षणमा यस्तो तथ्य खुलेको हो।होटलबाट निस्कने पानीमा लिडको मात्रा अत्याधिक भएको प्रतिवेदनमा उल्लेख छ।शाक्यको होटलबाट निस्कने पानीमा प्रतिलिटर ०.१२ एमजी लिडको मात्रा भेटिएको छ। लिडको मात्रा बढी भएको पानी जलचरको लागि हानीकारक हुन्छ भने मानवीय प्रयोगको लागि पनि खतरा मानिन्छ।

पानी परीक्षणको क्रममा अमोनियाको मात्रा समेत पानीमा बढी देखिएको छ। बढीमा प्रतिलिटर १.५ एमजी हुनुपर्नेमा होटलबाट निस्केको पानीमा प्रतिलिटर २७.२ एमजी अमोनिया पाइएको छ।यस्तै पानीमा क्यालसियम, फ्लोराइडको मात्रा देखिएको छैन। पानीमा हुनुपर्ने कुनै पनि तत्त्व कम वा बढी हुनु हानिकारक भएको नेपाल कृषि अनुसन्धान परिषद् (नास्ट)की वैज्ञानिक डा टिस्टा प्रसाईंले बताइन्। पानीमा लिड र अमोनियाको अत्यधिक मात्रा मानव स्वास्थ्य र जलचरको लागि हानिकारक हुने उनले बताइन्।

अत्याधिक लिडयुक्त पानीमा रहेका माछाको मासु मानिसले प्रयोग गर्दा समेत स्वास्थ्यमा असर गर्ने उनले बताइन्। जलचरको जीवनमा समेत लिड र अमोनियाले गम्भीर असर गर्छ।सर्वोच्चले गठन गरेको जाँचबुझ समितिले समेत निष्काशित पानी परीक्षण गरेको थियो। रिर्सोटबाट निष्काशित पानीको परीक्षण गर्दा आधिकारिक ल्याबले दिएको रिपोर्टमा खानयोग्य नभएको उल्लेख गरिएको छ।

पानीको पोखरास्थित खानेपानी तथा ढल निकास विभाग, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयको ल्याबमा परीक्षण गरिएको थियो।तर केही दिनअघि शाक्यको रिर्सोटले निकालेको विज्ञप्तिमा रिर्सोटबाट निस्कने पानी तालमा नमिसाइएको जिकिर गरिएको थियो। तर अनुगमनमा गएका सरकारी अधिकारीसँग भने रिर्सोटका कर्मचारीले आधुनिक प्रविधिमार्फत पानी तालमा मिसाइएको बताएका थिए। सोही भनाई र समितिले गरेको अनुगमनमा रिर्सोटबाट निस्कने पानी तालबाहेक अन्य स्थानमा जान विकल्प नै नभएको उल्लेख छ।

सम्बन्धित समाचार

http://www.bigkhabar.com/site/waterfront/

http://www.bigkhabar.com/site/water-front/

Source-Nepal Live

File Photo

कमेन्ट गर्नुहोस्
Share: