तनहुँमा बस र स्कुटर ठोकिदा दुई जना घाईते

Share:

१० भदौ,पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका १ मा स्कुटर र बस एकआपसमा ठोकिदा दुई जना घाईते भएका छन् । आइतबार मुग्लिंगबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ७१०३ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ग १५ प ४०४९ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि स्कुटर चालक १८ वर्षीय रन बहादुर थापा र पछाडी सवार १५ बर्षीय सफल सारू घाइते भएका हुन् ।दुर्घटनापछि घाइते दुवैलाई दमौली स्थित रत्नहरि अस्पताल पठाईएको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।घटना पछि दुवै सवारीलाई नियन्त्रणमा लिइएको प्रहरीले बिग.एफ.एमलाई जानकारी दिएको छ ।

त्यस्तै यता सुनौलीबाट पोखरा तर्फ आउदै गरेको ना २ ख १४२१ नम्बरको बस चढ्ने क्रममा चिप्लिएर २१ वर्षीय दिल माया गुरुङ घाइते भएकी छन् । घाइते उनको पोखराको मोडल हस्पिटलमा उपचार भईरहेको छ भने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: