गण्डकी प्रदेशसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

Share:

विशन क्षेत्री,पोखरा,भदौ १९ । गण्डकी प्रदेशसभा नियमावली, २०७४ मा आवश्यक संशोधन गर्न मस्यौदा समिति गठन गरिएको छ । नियमावलीमा सापेक्षित संशोधन आवश्यक ठानेमा यो समितिले सुझाव दिनेछ । मंगलबारको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा ७ सदस्यिय ‘नियमावली मस्यौदा संशोधन समिति’ गठन गरेको हो ।

समितिमा कुमार खड्का, कृष्ण थापा, कृष्ण बहादुर थापा, गायत्री गुरुङ, रामजी प्रसाद बराल र हरिशरण आचार्य सदस्य रहेका छन् । सबै संसदीय दलको प्रतिनिधित्व रहने गरि समिति गठन गरिएको हो । समितिका संयोजक अधिकारीका अनुसार नियमावलीमा तत्काल नै गर्नुपर्ने संशोधनको लागि समिति गठन गरिएको हो ।

प्रदेशसभा नियमावली एकपटक संशोधन भईसकेको छ । यस्तै, मंगलबारको प्रदेशसभा नियमावलीले प्रदेशसभाले पारित गरेका कानुन संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: