
२० भदौ, पोखरा । पोखराको रानीवनमा सडेको अवस्थामा एकजनाको शव फेला परेको छ । ड्यामसाइड पारीपट्टी रानीवनमा सडेको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
शव संगै भेटिएको नागरिकताबाट ती ब्यक्तीको पहिचान भएको हो । उक्त शव मकवानपुरको गढि गाउँपालिका वडा नं ९ का ३२ बर्षिय विवेक सिंह मोक्तानको रहेको कास्की प्रहरीले पुष्टि गरेको छ । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
FILE PHOTO
कमेन्ट गर्नुहोस्
