लोकतान्त्रिक निर्माण व्यवसायीको प्यानल सार्वजनिक, मुलुकी संहितामा संघको आपत्ति

Share:

२१ भदौ,पोखरा । लोकतान्त्रिक निर्माण व्यवसायी संघले आफ्नो प्यानल सार्वजनिक गरेको छ । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २६ औं वार्षिक साधारणसभा तथा १४ औं जिल्ला अधिवेशनका लागि बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि संघले प्यानल सार्वजनिक गरेको हो ।

अध्यक्ष पदका उम्मेदवार सुरेश श्रेष्ठसगै वरिष्ठ उपाध्यक्षमा बल बहादुर राना,उपाध्यक्षमा दिपेन्द्र मर्सानी,सचिवमा टेक बहादुर भुजेल,सह(सचिवमा इन्जिनियर शिरशकुमार बास्तोला,कोषाध्यक्षमा लिलकाजी गुरुङ,सह-कोषाध्यक्षमा हिरामणी पोख्रेल रहेका छन । त्यस्तै सदस्यमा क्रमश होम बहादुर भुजेल,ध्रुव बाबू भट्टराई,इन्जिनियर ज्ञानेन्द्र घिमिरे,सुमन श्रेष्ठ,बुद्धिमान तामाङ र हिक्मत जङ्ग कार्की रहेका छन ।निर्माण व्यवसायीको अधिवेशन भदौ २२ र २३ गते पोखरामा हुँदैछ ।

प्यानलले भाद्र १ गतेबाट कार्यान्वयनमा ल्याईएको मुलुकी अपराध (संहिता) ऎना २०७४ को परिक्षेद २१ को दफा २५० प्रती गम्भीर आपत्ति जनाएको छ । निर्माण ब्यवसायमैत्री वातावरण नभए मुलुकको पुर्वाधार विकास हुन नसक्ने संघको ठहर छ । नयाँ कानुन एकतर्फी भएको भन्दै व्यवसायीको हितका लागि पनि पछि नपर्ने र जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: