राईट फर चिल्ड्रेनको वक्तृत्वकलामा धर्मस्थलीकी सुस्मिता प्रथम

Share:

२२ भाद्र, पोखरा । राष्ट्रिय बाल दिवस २०७५ को अवसरमा राईट फर चिल्ड्रेनको आयोजनामा भएको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा धर्मस्थली आधारभुत विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा सुस्मिता नेपाली प्रथम भएकी छन् । ‘बालबलिका र संचार’ विषयक वक्तृत्वकला प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकी हुन् ।

यस्तै जनप्रिय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र दिपेश अधिकारीले द्धितिया, बाराही माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययरत छात्रा बिनिता सुनारले तृतिया र बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा शोभा तिमिल्सनाले सान्तवना स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिया, तृतिया र सान्तवना हुनेले क्रमश नगद ३ हजार, २ हजार, १ हजार र ५ सय प्राप्त गरेका थिए ।

विजेताहरुलाई श्रीकृष्ण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, प्रधानाध्यपक केदारप्रसाद अधिकारी, राईट फर चिल्ड्रेनका कार्यकारी निर्देशक अनिल पौडेलले अबिर लगाएर प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा निर्णयक मण्डलमा पृथ्वीनारायाण क्याम्पसका सहप्राध्यपक श्रीकृष्ण पन्थी, सञ्चारकर्मी कञ्चन थापा र राईट फर चिल्ड्रेनकी शारदा जि.टि रहेका थिए । प्रतियोगितामा विभिन्न विद्यालयका २० जना विद्यार्थी सहभागी रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: