
अनुप पौडेल,२३ भदौ,पोखरा । कास्कीको लेखनाथमा रहेको लेखनाथ कै ठुलो तालका रुपमा चिनिने बेगनासतालमा डुङगा पल्टिदा एक जनाको मृत्यु भएको छ । उद्दार गरिएका चार जना मध्य एक जनाको मृत्यु भएको र अन्य तीन जनालाई लेखनाथ सामुदायिक अस्पतालमा लगिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन । मृत्यु हुनेमा कृष्ण कुमारी बजगाईं रहेकी छन् ।
ताल पारी धनुबास लिब्दी गाउँमा आफन्तको घरमा दर खाने कार्यक्रममा सहभागी हुन् डुङगा चढेर जाँदा डुङगा पल्टिएको एक स्थानीयले बिग।एफ।एम लाई जानकारी दिएका छन् । उनले टेलिफोनमा भने,”मलाई थाहा भएसम्म डुङगामा एक बच्चा पनि सवार रहिछन र अचानक बच्चा तालमा खस्दा अन्यले बचाउने प्रयास गर्दा पल्टिएको रहिछ ।”
डुङगा पल्टिएको खबर पाए लगत्तै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । अन्य पाँच जनाको खोजी कार्य भईरहेको बताईएको छ ।
