पोखराको रामघाटमा वर्षेनी बन्छ अर्को फेवाताल (फोटोमा हेर्नुस्)

Share:

पोखरा । निरन्तरको बर्षाले पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव वढेको छ । खासगरी सेती र फुस्रे खोलामा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।

पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ । बर्षाले हालसम्म अप्रिय क्षति भएको छैन । अहिलेसम्म कुनैपनि सूचना नआएको कास्की प्रहरीले जनाएको छ ।

रामघाटसँगै फेवातालमा पनि लेदो पसेको छ । जलाधारका खोलाबाट बगेको लेदोका कारण फेवातालको पानी धमिलिएको छ । कतै कतै सामान्य पहिरो झरेको स्थानीयहरुले बताएका छन् ।

अघिल्ला वर्षहरुमा पनि ठुला पनि पर्दा यस्तै हुने गरेको थियो । रामघाट क्षत्रमा सेती नदिको पानी निकास एकदमै सानो हुँदा नदिमा पानीको वहाव बढेपछि यसरी नै थुनिने गर्दछ ।

दुई वर्ष अघि रामघाट यस्तो भएको थियो

तस्विरः सुदर्शन रञ्जित, सञ्जय शाक्य

कमेन्ट गर्नुहोस्
Share: