महानगरको बोर्ड र वेबसाइट परिवर्तन,नगरबासीको गुनासो सामाजिक सञ्जालबाट सम्बोधन हुने

Share:

पोखरा, २७ भदौ । पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका मात्रै भए पछि पछि महानगरको बोर्ड र वेबसाइट पनि परिर्वतन भएको छ । सोमबार राजपत्रमा प्रकशित सूचनामा महानगरपालिकाको नाम परिवर्तन भईपोखरा महानगरपालिका कायम भएकाले सोही अनुसार महानगरपालिकाको नयाँ वेवसाइट www.pokharamun.gov.np सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । पौडेलका अनुसार अब नयाँ वेब साइटमा महानगरपालिकाका सूचना तथा जानकारी प्रकाशन गरिने छ ।

पोखरा महानगरपालिका कार्यालयबाट सम्प्रेषण हुने विभिन्न सूचना तथा निर्णय वेवसाइट मार्फत् सेवा ग्राहीले हेर्न सक्ने महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए । पोखरा महानगरपालिकाको आधिकारिक फेसबुक पेज www.facebook.com/pokharamun र twitter पेज www.twitter.com/pokharamun मार्फत् महानगरपालिकाले गुनासो सुन्ने, सूचनादिने तथा महानगरपालिकाबाट भएको विभिन्न कार्यक्रमको जानकारी गराउँदै आएको छ ।

पोखरा महानगरपालिकाको वेवसाइट मार्फत् सेवाग्राहीले महानगरपालिकाबाट प्रकाशनहुने सूचनातथा समाचार,बजेट तथा कार्यक्रम, योजना तथा परियोजना, कर तथा शुल्क, प्रतिवेदन तथा महानगरबाट प्रकाशित ऐन,कार्यविधि तथा निर्देशिका हेर्न सकिने सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए । पोखरा महानगरपालिकाले २ वटा सामाजिक सञ्जाल मार्फत् गुनासो सुन्ने तथा सूचना सम्पे्रषण गर्ने व्यवस्था मिलाएको छ । सामाजिक सञ्जालबाट प्राप्त गुनासो सम्बन्धित महाशाखा र शाखा सँग बुझी सूचना अधिकारी मार्फत् गुनासोे सम्बोधन गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
Share: