
पोखरा । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार पोखरामा पनि प्रदर्शन भयो । देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानले जनता भेला एवं प्रदर्शन भएका छन् ।
पोखरा मानवअधिकारचोकमा भएको प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् यहाँका अभियानकर्मीको उल्लेख्य उपस्थिति रह्यो । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति रु लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्याउन स्वतस्फुर्त रुपमा यो कार्यक्रम आयोजना गरिएको हो। ‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशका विभिन्न दुई दर्जन स्थानमा जनभेला भएको छ ।
पोखरामा भएको प्रदर्शनलाई फोटो पत्रकार सञ्जय शाक्यले क्यामेरामा कैद गरेका छन् ।






