कलेजो खराब भए अब पोखरामा नै पत्ता लाग्छ (हेर्नुहोस कहाँ र कसरी)

Share:

४ असोज,पोखरा । पोखराका धेरै बासिन्दा आफ्नो स्वास्थ्यमा केही खराबी भए राजधानी काठमाण्डौ जाने गर्छन । हरेक समस्याका लागी नजिकको तीर्थ हेला भने जसरी नै पोखरालाई छोडेर काठमाण्डौ जानु धेरैको बानी छ । तर काठमाण्डौमा नै कमै मात्र प्रयोगमा आएको उपकरण सहित पोखरामा पनि अब कलेजो खराब भए नभएको अब पोखरामा नै पत्ता लाग्ने भएको छ ।

पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेज रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर)ले कलेजोको अवस्था जाच्ने अत्याधुनिक मेसिन पोखरा भित्राएको छ । १ वर्षअघि कलेजो र पेटरोगको सुपरस्पेसलिटी सेवा सुरु गरेको केन्द्रले करिब १ करोड लागतमा लिभर स्क्यान मेसिन खरिद गरेको हो ।

यो मेसिनलाई फाइबर टच पनि भनिन्छ । राजधानीबाहिर नेपालमै पहिलो पटक यो मेसिन ग्यास्ट्रो केयरले किनेको हो । केन्द्रमा पेट तथा कलेजो रोगमा डिम गरेका डा.सुवास भट्टराईले सेवा दिने गरेका छन् । डा.भट्टराईले विश्वकै विख्यात अस्पतालमा प्रयोग हुने यो मेसिन आएपछि कलेजोको उपचारमा नयाँ कदम सुरु भएको बताए ।

डा.भट्टराईले अब कलेजोको कुनै पनि उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे । कलेजो रोगी, सिरोसिस भएका, रक्सी नियमित खाने, हेपाटाइटिस बि र सि भएका, मधुमेह र कलेजोमा बोसो जमेकाहरुलाई यसको परीक्षण आवश्यक पर्ने उनले बताए ।

डा.भट्टराईले लिभर स्क्यानबाट कलेजो कति मात्रामा बिग्रिएको छ वा कसरी उपचारबाट सुधार हुँदै छ भनी सजिलै पत्ता लाग्ने जानकारी दिए । उनले भने, ‘बायप्सी गर्दा पीडा हुने, रिपोर्ट आउन समय लाग्ने, भर्ना हुनुपर्ने अवस्था थियो । यसले उपचारमा सहयोगमात्र गर्दैन, कलेजो रोगबाट बचाउन पनि उपयोगी हुन्छ ।’करिब सामान्य एक्सरे हुने समयमै हुने यो परीक्षणका लागि ७ हजार ५ सय शुल्क लाग्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: